चितवनमा रूखमा कार ठोक्किँदा एकको मृत्यु, २ जना घाइते

चितवनको भरतपुरमा तीव्र गतिमा गुडिरहेको कार रूखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति ९ बजे भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको कार आफैं अनियन्त्रित भएर सडक छेउमा रहेको बकैनाको रूखमा ठोक्किएको हो।

कारमा रहेका ३ जनामध्ये गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमालको उपचारका क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो।

यस्तै नवलपरासी बुलिङटार गाउँपालिका-१ का २१ वर्षीय कारचालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिरामी विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मी टोली चौकीगाउँमा

Previous articleअवैध सम्पत्ति थुपार्नेविरुद्ध आक्रामक बन्दै सरकार
Next articleमहोत्तरीमा गाँजा र मोटरसाइकल छाडेर फरार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।