बाजुरा । बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
शुक्रबार साँझ पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको वेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् । उक्त स्थानमा बम कसले राखेको हो यसबारे खोज तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताएका छन् ।
The post प्रहरी कार्यालय नजिकै राखिएको बम सेनाद्वारा डिस्पोज appeared first on Rajdhani Daily News.
पाइलट मनीष शाक्यको शल्यक्रिया सुरु, ७२ घण्टा निगरानीमा राखिने


