खप्तड गोल्डकपः एपीएफ क्वाटरफाइनलमा

विभागीय एपीएफ क्लवले सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

धनगढीको क्षेत्रीय रगंशालामा शनिबार भएको दोस्रो खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफले क्वाटरफाइनलमा स्थान बनाएको हो।

खेलको सुरुवातमा दसिन गुरुङको गोलमा एनआरटीले अग्रता बनाए पनि जोगाउन सकेन। खेलको ६१ औं मिनेटमा एपीएफका सुदीप शिखाकारको फ्रिकिक क्रसमा रमेश दगांलले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

आजको खेलको म्यान अफ दि म्याच समेत बनेका रमेशले १० हजार रुपैयाँ पाए।

६७ औं मिनेटमा विकु तामाङले रिवाउण्ड बललाई जाली चुमाएपछि एपीएफको जित निश्चित भएको थियो।

प्रतियोगितामा आइतबार नव जनजागृति क्लव सिमरा र मदनभण्डारी स्र्पोट्स क्लवबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ तथा उपविजेताले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछन्।

दराजले जागृति अभियान सञ्चालन गर्ने

Previous articleइलाममा एक वर्षमा ४९ नवजात शिशुको मृत्यु
Next articleबुद्धका धर्म ग्रन्थको सहज पहुँचका लागि धम्म डट डिजिटलको शुभारम्भ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।