चुरे,मकवानपुर । गृहमन्त्री रामबहादुर थापाबादलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको बिषयमा सरकारले छानविन गर्ने बताएका छन् ।

सेक्युरिटी प्रेस खरीदकाविषयमा अडियो सार्वजनिक भएसंगै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिईसकेको बताउँदै गृहमन्त्री थापाले सरकारले अनुसन्धान गरी कानूनी प्रकृयाबाटै यो विषयको टुङ्गो लगाउने बताए ।
बागमती प्रदेशको आन्तरिक मामीला तथा कानून मन्त्रालयले हेटौंडामा आयोजना गरेको प्रदेश स्तरीय सुरक्षागोष्ठीमा सहभागी हुन हेटौंडा आएका गृहमन्त्री थापाले यस बिषयमा सरकारले छानबिन गरी समाधान गर्ने बताएका हुन् ।
नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताएका छन ।
गृहमन्त्री थापाले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गरे । एमसीसीको विषयमा सत्तारुढ दलले गठन गरेको कार्यदलको प्रतिवेदन अध्ययन भइरहेको भन्दै उनले प्रतिवेदनको आधारमा सदनबाट अनुमोदन हुने बताए । एमसीसीपारित भएपछि नेपालको विद्युत् र सडक पूर्वाधारमा ठूलो लगानी भित्रिने उनको भनाई थियो ।
शनिबारबाट हेटौँडामा सुरु भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पहिलो दिन प्रदेशभरीका प्रमुख जिल्ला अधिकारी, प्रदेशभरिका सुरक्षा निकायका प्रमुखलाई सरकारको सुरक्षानीति र निर्देशनबारे जानकारी दिइएको थियो । गोष्ठीमा गृह मन्त्रालयका महाशाखा र चार सुरक्षा निकायले देशको पछिल्लो समयमा भइरहेको विविध विषयमा ब्रिफिङ गरेका छन् ।
शनिवारदिनभर चल्ने गोष्ठिमा जिल्लागत रूपमा देखिएका सुरक्षाका चुनौती र पछिल्लो समयमा भइरहेको गतिविधिबारे गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला मन्त्रालयलाई ब्रिफिङ गर्ने बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।
मन्त्री जम्मकट्टेलको अध्यक्षतामा भएको गोष्ठीमा गृहमन्त्री थापा, मुख्यमन्त्री डोरमणी पौडेल, संघीय सरकारका गृहसचिब, गृहमन्त्रीका राजनितिक सल्लाहकार प्राडा इन्द्रजित राई, नेपाल प्रहरीकामहा निरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्रप्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्की लगाए तबागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको छ ।
The post गोकुल बास्कोटा प्रकरणबारे सरकारले छानविन गर्छ : गृहमन्त्री appeared first on Rajdhani Daily News.
संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ : प्रधानसेनापति


