जेनोआलाई हराउँदै लाजियो सिरी ए उपाधिनजिक

लाजियोले २० वर्षपछि पहिलोपटक सिरी ए उपाधि जित्ने सम्भावना देखाएको छ।

आइतबार राति भएको खेलमा लाजियोले जेनोआलाई ३-२ ले पराजित गर्दै उपाधि प्राप्त गर्ने सम्भावना जीवित राखेको हो।

यो जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्स र लाजियोबीचको अंक अन्तर १ मात्र छ। युभेन्ट्सको ६० अंक छ भने लाजियोको ५९ अंक छ।

लाजियोले लिगका पछिल्ला २० खेल जितेको छ।

आइतबार रातिकै अर्को खेलमा रोमाले लेचेलाई ४–० ले पराजित गरेको छ। योसँगै ऊ पाँचौं स्थानमा आएको छ।

‘प्रधानमन्त्री ओली पूर्ण स्वस्थ हुन ६ महिना लाग्ने’ : चिकित्सक

Previous articleआजको राशिफल : २०७६ साल फागुन १२ गते, सोमबार
Next articleकम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थाले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।