एभरेस्ट प्रिमियर लिगः ललितपुरले भित्र्यायो ३ पाकिस्तानी खेलाडी

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को साबिक विजेता टोली ललितपुर प्याट्रियट्सले तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको छ।

यसअघि नै श्रीलंकाली ब्याट्सम्यान उपुल थारंगालाई अनुबन्ध गरेको ललितपुरले थप तीन विदेशी खेलाडी अनुबन्ध गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको हो।

अलराउन्डरद्वय हमाद आजम र हसन खानसँगै बायाँहाते पेस बलर मिर हाम्जा ललितपुरको जर्सीमा उत्रिनेछन्।

मिर हाम्जाले गत सिजन ससेक्सबाट काउन्टी खेलेका थिए। हसन खानले लगातार पीएसएल खेल्दै आएका छन् भने क्यानडामा सम्पन्न ग्लोबल टि२० मा पनि उनले एडमन्टन रोयल्समा थिए।

उनी सन् २०१८ मा यू–१९ विश्वकपमा पाकिस्तानका कप्तान समेत रहेका थिए। हमाद आजमले पनि घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै २०१९ को पाकिस्तान कपमा उत्कृष्ट अलराउन्डर घोषित भएका थिए।

ईपीएलको नियमअनुसार ३ विदेशी खेलाडी हुनुपर्ने प्रावधान छ। राष्ट्रिय टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गर्नेछन्।

गत संस्करण भैरहवा ग्ल्याडियटर्सलाई पराजित गर्दै उपाधि जितेको ललितपुर उपाधि रक्षा गर्ने योजनामा छ। ईपीएल मार्च १४ देखि त्रिवि क्रिकेट मैदानमा हुनेछ।

सिन्धुपाल्चोकमा एसईईको सबै तयारी पुरा

Previous articleदक्षिण कोरियामा कोरोना फैलिने क्रम तीब्र, ७ जनाको मृत्यु, ७६३ जना सङ्क्रमित
Next articleप्रधानमन्त्रीलाई कालो झण्डा देखाएर विरोधमा उत्रने ३ जना प्रहरी नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।