कोरोनाबाट इरानमा ५० जनाको मृत्यु भएको दाबी

इरानको सातौँ ठूलो सहर कौममा कोरोना भाइरसबाट गएको दुई सातामा ५० जनाको ज्यान गइसकेको त्यहाँको एक समाचार एजेन्सीले जनाएको छ।

यसअघि सरकारले १२ जनाको मृत्यु भएको र ४७ जना संक्रमित भएको जनाएको थियो।

तर, समाचार एजेन्सी आईएलएनएले ५० को मृत्यु भइसकेको दाबी गरेको छ। सो सहरमा २ सय ५० जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ।

पछिल्लो समय भाइरस उद्गमस्थल चीनमा संक्रमितको दर घट्दै जाँदा इरान, दक्षिण कोरिया र इटलीमा संक्रमितको संख्या वृद्धि हुँदै गएको छ। एजेन्सी

ऊर्जामन्त्री पुनको भारतसंग आग्रह : अब हाम्रो विद्युत किन्नुस्

Previous articleनेपालीको सुरक्षामा उच्च सतर्कता अपनाउन देउवाको आग्रह
Next articleशेयर बजार परिसूचक नेप्सेमा करेक्सन, ३ अर्बको कारोबार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।