काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीलाई ‘कोरोना भाइरस (कोभिड १९) ’को सङ्क्रमणबाट जोगाउन उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य संघ संस्थालाई आग्रह गरेका छन् ।
दक्षिण कोरियामा रहेका नेपाली सङ्घसंस्थालाई आवश्यक आपसी समन्वय गर्न देउवाले अपलि गरेका हुन् ।
उनले सोमबार नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई पत्र लेखेर सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका साथ आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढङ्गले समन्वय गर्न अपिल गरे ।
कोरोना भाइरसको सङ्क्रमणले अहिले विश्वका कयौँ मुलुक प्रभावित भएका छन् ।
केही दिनयता दक्षिण कोरियासमेतमा कोरोना भाइरसबाट सयौँ सङ्क्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चारमाध्यममार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीको सुरक्षा संंवेदनशीलताप्रति आफ्नो चासो बढेको उनले पत्रमा उल्लेख गरेका छन् ।
यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै उनले कोरियामा रहेका दर्जनौँ नेपाली सङ्घसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गरे ।
The post कोरियामा रहेका नेपालीको सुरक्षा सतर्कताका लागि कांग्रेसको अपिल appeared first on Koshi Online.