कोरियामा रहेका नेपालीको सुरक्षा सतर्कताका लागि कांग्रेसको अपिल

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीलाई ‘कोरोना भाइरस (कोभिड १९) ’को सङ्क्रमणबाट जोगाउन उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य संघ संस्थालाई आग्रह गरेका छन् ।

दक्षिण कोरियामा रहेका नेपाली सङ्घसंस्थालाई आवश्यक आपसी समन्वय गर्न देउवाले अपलि गरेका हुन् ।

उनले सोमबार नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई पत्र लेखेर सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका साथ आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढङ्गले समन्वय गर्न अपिल गरे ।

कोरोना भाइरसको सङ्क्रमणले अहिले विश्वका कयौँ मुलुक प्रभावित भएका छन् ।

केही दिनयता दक्षिण कोरियासमेतमा कोरोना भाइरसबाट सयौँ सङ्क्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चारमाध्यममार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीको सुरक्षा संंवेदनशीलताप्रति आफ्नो चासो बढेको उनले पत्रमा उल्लेख गरेका छन् ।

यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै उनले कोरियामा रहेका दर्जनौँ नेपाली सङ्घसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गरे ।

The post कोरियामा रहेका नेपालीको सुरक्षा सतर्कताका लागि कांग्रेसको अपिल appeared first on Koshi Online.

कञ्चनपुरमा बुबाले गरे १५ वर्षीय छोराको हत्या

Previous articleकांग्रेससहित तीन दलले संसद अवरूद्ध नगर्ने
Next articleवडा अध्यक्ष पौडेलकाे अनसन तोड्न चितवनका राजनैतिक दलको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।