सामाजिक सञ्जालबाट सुनसरीकी महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार

जागिरको प्रलोभन देखाउँदै सुनसरीकी महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार गरिएको छ।

सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर दुई जनाले बलात्कार गरेका हुन्।

पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ।

वृत्तका प्रमुख उमेश लम्सालका अनुसार पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षका विशाल संग्रौला र सोही ठाउँ बस्ने वर्ष ३५ का सुवास संग्रौलालाई पक्राउ गरिएको हो।

इटहरीकी ती महिलालाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर र भक्तपुरको एक रिसोर्टमा लगेर सुवास र विशालले बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ।

‘उनीहरूले ती महिलालाई सामाजिक सञ्जालमा साथी बनाएर जागिर दिन्छु भन्दै काठमाडौं बोलाएका रहेछन्,’ डीएसपी लम्सालले मंगलबार बिहान नेपालखबरसँग भने, ‘अनि विभिन्न बहानामा यी दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेका रहेछन्।’

आइतबार साँझ बूढानीलकण्ठबाटै उनीहरूलाई नियन्त्रणमा लिइएकाे डीएसपी लम्सालले जानकारी दिए। 

‘महाराजगन्ज वृत्तको हिरासतमा राखिएका उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

यसरी गरियो बलात्कार
यी दुई पुरुषले सुनसरी इटहरीकी ती महिलालाई सामाजिक सञ्जालबाट साथी बनाए। कुराकानीका क्रममा महिलाले जागिर खोजीमा रहेको बताइन्। यता काठमाडौंमा रहेका ती दुई पुरुषले जागिर मिलाइदिन्छौं काठमाडौं आऊ भने।

ती महिला काठमाडौं आइन्।

यसै क्रममा ती महिलालाई ती दुई पुरुषले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर तथा भक्तपुरको एक रिसोर्टमा लगी सामूहिक बलात्कार गरेको डीएसपी रमेश लम्सालले जानकारी दिए।

काेराेना भाइरसको प्रकोप : भारतमा पहिलाे व्यक्तिकाे ज्या’न गयाे

Previous articleपाँच महिनाअघि नै तयार भयो झोलुंगे पुल
Next articleमेलम्चीको सहायक ठेकेदारको भुक्तानी अझै टुङ्गो लागेन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।