Home Uncategorized सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने

सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एसिया–११ बाट खेल्ने भएका छन्।

बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने शेख मुजिब १०० टि–२० कप बंगलादेश २०२० अन्तर्गत विश्व–११ र एसिया–११ बीच हुने खेलमा सन्दीप टोलीमा समेटिएका हुन्।

बगंलादेशका राष्ट्रपिता शेख मुजिब रहमानको जन्म शताब्दीको अवसरमा उक्त खेल हुनलागेको हो।

दुईवटा खेल हुने उक्त सिरिज आगामी मार्च १८ र २१ मा बंगलादेशको शेर ए बंगला रंगशालामा हुनेछ। सो खेलमा कप्तान विराट कोहली र केएल राहुलले एक खेल मात्र खेल्नेछन्।

एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकाका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका रशिद खान लगायत स्टार खेलाडी समावेश छन्।

लकडाउनमा मेला, ४ हजारको भीड, झडप हुँदा १२ घाईते

Previous articleकोरोना संक्रमित देशमा जाँदै नेपाली क्रिकेट टोली, कसरी जोगिने?
Next articleप्रदेशका बालबालिकाहरुको हक अधिकार सुनिश्चित र प्रत्याभूत गर्न आवश्यक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।