Home Uncategorized काठमाडौंमा रातभर वर्षा, आज पानी कता-कता पर्छ?

काठमाडौंमा रातभर वर्षा, आज पानी कता-कता पर्छ?

अहिले (बुधबार बिहान) देशको पूर्वी क्षेत्रमा पानी परिरहेको छ। यस्तै पश्चिम पहाडका पनि एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

पश्चिम पहाडमा भने वर्षा कम हुँदै गएको र केहीबरेपछि रोकिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। 

‘तर नेपालको पूर्वी क्षेत्रमा भने आज दिनभर नै मौसम डिस्टर्ब हुने देखिन्छ,’ बुधबार बिहान नेपालखबरसँग उनले भने, ‘पानी बीच-बीचमा रोकिने, फेरि पर्ने भइरहन्छ।’

यतिबेला पूर्वी क्षेत्रमा मेघगर्जन, चट्याङसहितको वर्षा भइरहेको उनले जानकारी दिए। साथै हावाहुरी पनि चलिरहेको छ।

‘अहिलेसम्म हावाहुरी त्यस्तो वेगमा छैन,’ उनले भने, ‘केही बढ्न सक्छ तर त्यस्तो धेरै ठूलो नहोला।’

पूर्वी क्षेत्रमा राति पनि मौसमी अवस्था यस्तै रहने उनले बताए।

‘साँझदेखि भने पश्चिम र मध्य तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भवाना छ,‘ उनले भने।

काठमाडौंमा रातभर वर्षा
काठमाडौं उपत्यकामा मंगलबार रातभर पानी परेको छ।

तर सिमसिम पानी परेकाले बुधबार बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंमा जम्मा ५.६ मिलिमिटर मात्र वर्षा भएको छ।

‘यो भनेको हल्का वर्षा मात्र हो,’ मौसमविद् समीर श्रेष्ठले भने। 

केही बेरअघि मात्र यहाँ वर्षा रोकिएको छ। अब उपत्यकाको मौसम खुल्दै जाने उनले बताए। तर साँझतिर फेरि पानी पर्ने उनको अनुमान छ।

पूर्वसचिव भीम उपाध्याय प’क्राउ

Previous articleइजिप्टको दुई संवेदनशील स्थानमा विस्फोट गराउने ८ जनालाई मृत्युदण्ड दिइयो
Next articleबाँस्कोटाको मनोमानी, कार्यविधि मिचेर ९७ आइटी ल्याब
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।