दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १८ पुग्यो

उत्तर–पूर्वी दिल्लीमा नागरिकता ऐन (सीएए) विरोधका क्रममा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। त्यस्तै हिंसात्मक प्रदर्शनमा १५० जना भन्दा बढी घाइते भएका छन्।

सोमबारबाट सुरु भएको प्रदर्शन बुधबार बिहान पनि जारी रहेको छ। बुधवार बिहान दिल्लीको गोकुलपुरी क्षेत्रमा हिंस्रक प्रदर्शन भएको थियो र केही प्रदर्शनकारीहरूले यहाँको एक पसलमा आगो लगाइदिएका छन्।

पछिल्लो जानकारी अनुसार जाफराबाददेखि माउजपुर र यसका वरपरका अन्य ठाउँहरूमा एकदम कडा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने कतिपय स्थानमा कर्फ्यू लगाइएको छ। अहिले दिल्ली प्रहरीले हरेक सडक र गल्लीहरुमा गस्ती गरिरहेको छ।

Delhi Violence Live Updates: दिल्ली में CAA के नाम पर बवाल (फोटो: India Today)

राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभेललाई दिल्लीमा शान्ति कायम गर्ने जिम्मेवारी दिइएको छ। मंगलबार साँझ दिल्लीका बिभिन्न इलाकाको निरीक्षण गरेको थिए। त्यहाँको अवस्थालाई लिएर उनले केही बेरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी दिने कार्यक्रम रहेको छ।

दिल्लीको उच्च अदालतले मुस्ताफावादको एक नर्सिङ होममा भर्ना भएका घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न र उनीहरुलाई थप उपचारका लागि लैजानका लागि सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिएको छ।

पूर्वी दिल्लीमा भएको हिंसाको मुद्दाको सुनुवाई गर्दै मध्यरातमा दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलीधर र अनूप भाम्भनीको घरमा भएको सुनुवाइपछि यस्तो फैसला भएको हो।

उत्तर पूर्वी दिल्ली जिल्लामा सबै निजी र सरकारी बन्द हुने भएका छन्। दिल्ली शिक्षामन्त्री मनिष सिसोदियाले मंगलबार ट्विट गरेर जानकारी दिएका थिए। शिक्षामन्त्रीले सबै विद्यालयमा भएको परीक्षा पनि स्थगित भएको बताएका थिए। उनले सीबीएसईलाई बोर्ड परीक्षा स्थगित गर्न अपिल गरेका थिए।

 

परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे

Previous articleसाढे १५ लाखकाे अवैध सुनसहित २ जना पक्राउ
Next articleमुगुमा सवारी नियम उल्लंघन गर्नेबाट ७ महिनामा ४६ हजार राजस्व संकलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।