उज्यालो दर्पण- लायन्स क्लब अफ चितवन पिठुवाले रत्ननगरको भद्रकाली माध्यमिक विद्यालयमा भोजन कार्यक्रम गरेको छ । क्लबले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झन्डै १७० जना छात्रछात्राहरुलाई मंगलबार भोजन गराएको हो ।

भद्रकाली दुग्ध उत्पादक सहकारीका अध्यक्ष युवराज थापाको जन्मोत्सवको अवसरमा पिठुवा लायन्स मार्फत बालबालिकाहरुलाई भोजन गराईएको क्लबका कार्यबाहक अध्यक्ष पुर्षोत्तम लामिछानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रक क्याबिनेट सेक्रेटरी निरज श्रेष्ठले आफू भन्दा कम भाग्यशालीलाई सहयोग गर्नु लायन्सको मूल धर्म रहेको बताए । विद्यार्थीहरुलाई सहयोग र भोजन गर्न पाउँदा आनन्दको अनुभुति हुने गरेको बताए ।
कार्यक्रममा वडा सदस्य सरिता गुरुङ, वडा सचिव मन्जु पौडेल, डिस्ट्रिक एकजुकेटिभ चिफ दीपेन्द्र खतिवडा, डिस्ट्रिक एडिसनल क्याबिनेट ट्रेजर कृष्णलाल श्रेष्ठ, पिठुवा लायन्सका चार्टर्ड प्रेसिडेन्ट विष्णु प्रसाद अधिकारी, लायन्स क्लब अफ रत्ननगर लेडिज कि सेक्रेटरी गीता सिम्खडा, प्रधानाध्यापक चिरन्जीवी खनाल लगायतको उपस्थिति थियो ।
कार्यक्रम क्लबका निवर्तमान अध्यक्ष हेमराज थापाको सभापतित्वमा भएको थियो ।





