ठमेलमा दोस्रो मदन भण्डारी स्मृति रोड रेस प्रतियोगिता हुने

काठमाडौंको पर्यटकीय चहलपहल बढी हुने ठमेलमा दोस्रो मदन भण्डारी स्मृति रोड रेस प्रतियोगिता हुने भएको छ। रन क्लब नेपाल तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा यही फागनु २४ गते उक्त प्रतियोगिता हुनलागेको हो।

लेनचौर फुटबल ग्राउन्डबाट बिहान ७ देखि १० बजेसम्म प्रतियोगिता सञ्चालन हुने रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पत्रकार सम्मेलन गरी जानकारी दिए।

प्रतियोगिता ५ किमि खुल्ला, ५ किमि पुरुषतर्फ भेट्रान तथा ५ किमि स्कुलस्तरीय रोड रेस प्रतियोगिता हुनेछ। प्रतियोगितामा सहभागी सबैलाई टिसर्ट र प्रमाणपत्र दिइने आयोजकको भनाइ छ।

त्यस्तै, ५ किमि खुल्ला दौडमा प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १२ र तेस्रो हुनेले ८ हजारसहित प्रमाणपत्र पाउनेछन्। ५ किमि भेट्रानमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार पाउनेछन्। ५ किमि स्कुलस्तरीय प्रतियोगितामा पहिलो हुने खेलाडीलाई १५ हजार, दोस्रोलाई ८ र तेस्रो हुनेलाई ५ हजार नगदसहित प्रमाणपत्र दिइने बताइएको छ।

५ किमि दौडको रुट लैनचौर फुटबल ग्राउन्ड हुँदै दूधडेरी, लैनचौर ब्यान्क्वेट, उत्तरढोका, नागपोखरी, जयनेपाल हल, नारायणहिटी संग्रहालय, महेन्द्र शालिक, घण्टाघर, रत्नपार्क, दरबार हाइस्कुल, कान्तिपथ, जमल, केशरमहल, सञ्चयकोष भवन, नर्सिङचोक, भगवती मन्दिर, ठमेलचोक, अस्कल क्याम्पस, मल्ल होटल हुँदै पुनः लैनचौर फुटबल ग्राउन्डमा समापन हुने बताइएको छ।

सश,स्त्रले तो,ड्यो भार,तीय एसएस,बीको बर्षौ,देखिको दा,दागिरी, आफ्नो जमिनमा नेपालीले खेति थाले

Previous articleसीपी मैनाली चढेको गाडी दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी
Next articleनेकपा मालेका महासचिव मैनाली कार दुर्घटनामा, अवस्था गम्भीर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।