लहान । सिरहाको बरियारपट्टि गाउँपालिका १ स्थित कचनारी गाउँको विभिन्न स्थानवाट प्रहरीले अबैध मदिरा बरामद गरि नष्ट गरेको छ । बरियारपट्टि गाउँपालीका वडा नम्बर १ कचनारी गाँउका विभिन्न स्थानवाट अबैध मदिरा बरामद गरि नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यलय महेसपुर पतारी र प्रहरी चौकी कचनारीको सक्रीयतामा कचनारी गाँउको विभिन्न ठाँउ बाट करिब ८ हजार लिटर अबैध मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख निरीक्षक अर्बिन्द कुमार साहले जानकारी दिए ।

नजिकिँदै गरेकोे होली पर्वमा घटना घट्न सक्ने भन्दै अबैध मदिरा नियन्त्रण तथा रोकथाम गरिएको निरीक्षक साहको भनाई छ । सिरहामा ८० प्रतिशत हिंसाका घटना मदिराका कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपि उमा प्रसाद चतुर्बेदी बताउछन् ।
घरेलु मदिरा उत्पादनमा धेरै जसो महिलाहकै हुने गरेको छ । कचनारी गाउँमा धेरै जसो महिलाहरुले नै अबैध मदिरा उत्पादन गर्ने गरेको एसपी चतुर्बेदीको भनाइ छ ।
एकल महिलाको आम्दानीको स्रोत
रोजगारीका लागि विदेश गएका श्रीमानले पैसा नपठाएको भन्दै महिलाहरुले घर चलाउन घरेलु मदिरा बनाएर बिक्री वितरण गरेको प्रतिक्रिया दिने गरेका छन् । कतिपय एकल महिलाले पनि आम्दानीको स्रोत अबैध मदिरालाई नै बनाएका छन् ।
आम्दानीको विकल्प नभएकाले पनि मदिरा बनाउन वाध्य भएको उनीहरुको भनाई छ । स्थानीय निकायले जनचेतना फैलाउने र स्वरोजगारका कार्यक्रम ल्याए अबैध मदिरालाई नियन्त्रण गर्न सकीने एसपी चतुर्बेदीको भनाई छ ।
The post सिरहामा ८ हजार अवैध मदिरा नष्ट appeared first on Rajdhani Daily News.
म सलमान खान सँग बिहे गर्न चाहन्छुँ : नायिका सुस्मा कार्की (भिडियो)


