राष्ट्रियसभामा दोहोरी : ललिता निवास र अडियो प्रकरणको छानबिन माग

काठमाडौँ । राष्ट्रियसभाको विशेष समयमा सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदबीच सरकारको कामका विषयलाई लिएर दोहोरी चलेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले पार्टीभित्रको समस्या समाधान हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै ललिता निवास प्रकरणमा गहिराइमा पुगेर छानबिन गरिनुपर्ने माग गरे ।

प्रदेशमा समेत प्रतिवर्ष ६ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर भइरहेकाले देश विकास र समृद्धिमा अघि बढिरहेको उनको भनाइ थियो । पूर्वाधार विकासमा समेत फड्को मारेको र सरकार समृद्धिको दिशामा अघि बढेको उनले जिकिर गरे ।

पोखरा र निजगढ विमानस्थलको काम अघि बढेको तथा कृषि, शिक्षा र स्वास्थ्यको कामसमेत असाध्य गतिका साथ लम्केको उनको भनाइ थियो । सत्तापक्षका सांसद लगत्तै बोलेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले भट्टराईप्रति लक्ष्य गर्दै अर्थमन्त्री पद रिक्त हुन लागेकाले बजेट भाषणको तयारी गरेको हो कि भनी व्यङ्ग्य गरे ।

राष्ट्रियसभालाई भारदारीसभामा परिणत नगर्न पनि उनले सुझाव दिए । तथ्याङ्कलाई मिथ्याङ्कले छोप्न खोजिएको को सांसद पाण्डेको आरोप थियो । ‘पार्टीभित्र अडियो काण्डको छानबिन गर्न प्रधानमन्त्रीले रोक्नुभएको छ, त्यसका पछि प्रधानमन्त्री नै रहेको चर्चा बाहिर भइरहेको छ’, सांसद पाण्डेले भने । सांसद मुक्ताकुमारी यादवले अडियो काण्डका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बचाउन सरकार लागिपरेको आरोप लगाउँदै सो प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरिन् ।

सांसद विना पोखरेलले सुत्केरीलाई भारतमा २६ महीनाको बिदा दिइने व्यवस्था भएको र अन्य देशमा त्यसभन्दा बढी बिदा दिने गरिएकाले नेपालमा पनि छ महीनादेखि बढाउनुपर्ने व्यवस्था गर्न माग गरिन् ।

सांसद रमेशप्रसाद यादवले पर्यावरण बिग्रँदै गएकाले संरक्षणका लागि काम हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद यूटोल तामाङले ल्होसारमा सार्वजनिक बिदा काटिएको गुनासो गर्दै जनजाति बसोबास गरेको स्थानमा स्वायत्त क्षेत्र घोषणा गरिनुपर्ने माग गरे । धेरै पर्यटकीयस्थल कर्णाली प्रदेशमा रहेकाले त्यसको प्रचारप्रसार गरिनुपर्नेमा पनि उनको जोड थियो ।

सांसद कमलाकुमारी ओलीले संसदीय समितिको अनुगमनका क्रममा स्थानीय तहमा उपप्रमुखका गुनासो धेरै पाइएकाले न्यायिक समितिको समेत नेतृत्व गर्ने उपप्रमुखलाई कानूनी सल्लाहकारको व्यवस्था गरिदिनुपर्ने माग गरिन् ।

सांसद रमेशजङ्ग रायमाझीले रु ७० करोडको सेक्युरिटी प्रेस काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्ने बाटो खोलिदिनुपर्ने बताए । सांसद खेमराज नेपालीले बताए । नेपाली सेना र नेपाल प्रहरीले बजाएको पुरानो धुन परिवर्तन गर्न माग गरे ।

कोभिड–१९ विरुद्ध लड्न माग
सांसदले नेपाल कोराना भाइरसको उच्च जोखिममा रहेकाले तयारी गर्न र त्यससम्बन्धी जानकारी संसदमा गराउन माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा विमला पौडेलले ३४ देशमा कोभिड–१९ फैलिइसकेको र चीनको छिमेकमा रहेको नेपाल सङ्क्रमणको उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसबारे तयारी के भइरहेको छ भन्नेबारे संसद्लाई जानकारी गराउन माग गरे ।

सांसद शेरबहादुर कुँवरले कोभिड–१९ फैलिन नदिन प्राथमिकताका साथ तयारी गर्न सुझाव दिए । धेरै नेपाली रोजगारीका लागि गएको दक्षिण कोरियामा समेत भाइरहस फैलिएकाले विशेष तयारी गरिनुपर्ने सांसदको भनाइ थियो ।

सांसद रामनारायण बिडारीले उद्योग बेचेर खाने चलन बस्दा रोजगारीलगायतमा समस्या परिरहेका बेला हेटौँडाको माछापोखरी नाशिन लागेको भनी बचाउन माग गरे । सांसद विन्दादेवी आले रानाले उपभोग्य वस्तुको मूल्य ४८ प्रतिशतसम्म वृद्धि हुँदा काम गरेर छाक टार्नेका जीवन धान्न मुश्किल भएको बताइन् । एउटै सामानका मूल्य पसलपिच्छे फरक हुँदा पनि सरोकार निकाय मौन बस्नाको रहस्य के हो भनी प्रश्न गरिन् । सांसद हरिराम चौधरीले माध्यमिक शिक्षा निःशुल्क घोषणा गरिए पनि सामुदायिक विद्यालयमा शिक्षकको व्यवस्था हुन नसकेकाले कहिले पूरा हुन्छ भनी जिज्ञासा राखे ।

The post राष्ट्रियसभामा दोहोरी : ललिता निवास र अडियो प्रकरणको छानबिन माग appeared first on Rajdhani Daily News.

रुपन्देही घ टना: आफुले ५ जनाको ह’त्या गरेको स्वीकार गर्दै भने यस्तो गर्नुको कारण !

Previous articleसेयर बजारमा उछाल, ३६ अंकले उकालाे लाग्याे नेप्से
Next articleसङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।