
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग भेटवार्ता गर्न जासिन्डा बिहीबार जासिन्डा सिड्नी पुगेकी हुन्।
जासिन्डा सिड्नीमा अवतरण हुँदै गर्दा उनले देखाएको सरलताबारे यतिबेला विश्वभर चर्चा हुन थालेको छ।
जासिन्डाले विमानबाट तल झर्ने क्रममा ब्रिफकेस हातमा बोकेकी थिइन्। उनले उक्त ब्रिफकेस कारसम्म लगेर आफैंले डिक्कीमा राखेकी थिइन्।
तस्बिरहरुमा देखिएअनुसार जासिन्डाले एक सामान्य यात्रुझै व्यवहार गरेकी थिइन्। विमानस्थलमा अस्ट्रेलियाका अधिकारीहरू जासिन्डाको स्वागतका लागि पुगेका थिए। तस्बिरमा देखिएअनुसार उनको काँधका एउटा झोला थियो भने हातमा अर्को सुटकेस थियो।
यतिबेला यस घटनाको फोटोहरु सामाजिक सन्जालमा भाइरल बनेका छन्। मानिसहरुले तडकभडक देखाउने नेताहरुले न्युजील्याण्डकी प्रधानमन्त्रीसँग सरलताको पाठ सिक्नुपर्ने टिप्पणी गरिरहेका छन्।
अस्ट्रेलिया भ्रमणका क्रममा जासिन्डा र अस्ट्रेलियाली सरकारबीच अस्ट्रेलिया आगलागी, कोरोनाभाइरस, न्युजिल्याण्ड अस्ट्रेलिया व्यापार तथा सम्बन्धका विषयमा छलफल हुने जनाइएको छ। एजेन्सी
कंकाली युवा जागरण क्लबले चंगाचेट फेस्टिवल र सांस्कृतिक कार्यक्रम गर्दै


