जुवा खेलिरहेका ५ जना थानकोटबाट पक्राउ, ७९ हजार नगद बरामद

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई चन्द्रागिरि ४ थानकोटबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्रागिरि ४ थानकोटका विजय प्रकाश श्रेष्ठ, चन्द्र बहादुर गोपाली, राजु देसार, धर्मराज महर्जन र चन्द्रागिरि १० सतुंगल बस्ने हरिगोपाल श्रेष्ठ छन्।

खरीबोटस्थित विजय प्रकाश श्रेष्ठले सञ्चालन गरेको सिम्रिक मोटरपार्टसमा जुवातास खेल्दै गर्दा पाँचै जना पक्राउ परेको प्रहरीले बताएको छ।

जुवाखालबाट प्रहरीले ७९ हजार ८० रुपैयाँ नगद समेत बरामद गरेको छ। उनीहरुविरुद्ध जुवासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

मन्त्री योगेश भट्टराईको पहलमा ‘उद्धार’ फ्लाइटको भाडा फेरि घट्यो; हेर्नुहोस सुची

Previous articleसमृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हो : उपराष्ट्रपति
Next articleकोरोनाको त्रासपछि ‘मक्का र मदिना’ भ्रमणमा विदेशीलाई प्रतिबन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।