
काठमाडौँ, ६ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख निर्वाचनमा पार्टीबाट पुष्पा भुषाललाई सभामुखमा उठाउने तयारी गरेको छ। भुषाल कांंग्रेसकी केन्द्रीय सदस्य एबं सचेतक हुन्। नेकपाले आइतवार स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले पनि आफ्नातर्फबाट उम्मेदवारका रूपमा सांसद पुष्पा भुषाललाई उठाउने गृहकार्य सुरू गरेको छ। रिक्त सभामुख पदका लागि आज […]
