सर्लाही। सर्लाहीको चन्द्रनगर र ब्रह्म्पुरी गाउँपालिको सिमानामा रहेको अधबारा नदीमा ३९ लाखको लागतमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । अधबारा नदी, विलैया बजार चन्द्रनगर वडा नं.६ र बौधि बजार ब्रह्म्पुरी गाउँपालिका वडा नं. ६, को बिचमा ३९ लाखको लागतमा ३२ मिटर लामो झुलुगें पुल निर्माण हुने भएको हो ।
पुल निर्माण भएपछि किसानलाई खेतवारी जान ,विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न र स्थानीयहरुलाई विभिन्न ठाउँमा आवत जावत गर्न सहज हुने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताए । क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उपेन्द्र महतोले आफनो संसदीय कोष रकमबाट पुल निर्माण गर्ने भएपनि स्थानीवासीहरु हर्षित भएका छन ।
शुक्रवार प्रदेश सांसद महतो र ब्रहम्पुरी गाउँपालिका अध्यक्ष बिनोद साहले संयुक्त रुपमा पुलको शिलान्यास गरेको राजपा नेपालका नेता कैलाश साहले जानकारी दिए । पुल निर्माण हुने ठाउँमा पुल नभएपछि वर्षातको मौसममा बाटो नै बन्द हुने गरेको थियो । पुल निर्माण हुने भएपछी किसान,विद्यार्थी र स्थानीयवासीहरु खुसि भएका छन ।
कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, राजपा नेपालका नेता नागेश्वर महतो लगायत चन्द्रनगर र ब्रह्म्पुरी गाउँपालिकाको स्थानीवासीहरुको उपस्थिति रहेको थियो । झोलुङ्गे पुल गहिरो खोँच भएको खोलामा लगाइने एक किसिमको पुल हो । यो पुल दुवै किनारमा अल्झाइएको फलामे लठ्ठामा झुण्डाएर बनाइने भएकाले यसको नाम झोलुङ्गे पुल रहन गएको हो । झोलुङ्गेपुल नेपाल जस्तो भौगोलिक अवस्थिति भएको मुलुकमा निकै नै लोकप्रिय छ ।
The post अधबारा नदीमा ३९ लाखको लागतमा झोलुङ्गे पुल निर्माण हुने appeared first on Rajdhani Daily News.