Home Uncategorized कञ्चनपुरमा दम्पती मृत्यु प्रकरण: बाँचेकी एक मात्र शिशु पनि बेहोस

कञ्चनपुरमा दम्पती मृत्यु प्रकरण: बाँचेकी एक मात्र शिशु पनि बेहोस

आमाबाबुको रहस्यमय मृत्युपछि टुहुरी बनेकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११, कलुवापुर कटान टोलकी शिशुको अवस्था पनि चिन्ताजनक भएको छ।

उनको अहिले कैलाली धनगढीस्थित माया मेट्रो अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। शिशु अहिले बिहोस छिन्।

बिहीबार कलुवापुरस्थित आफ्नै घरभित्र श्रीमान् जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी रक्ताम्य अवस्थामा मृत भेटिएका थिए।

घरमा बस्ने परिवारका सदस्यमध्ये ती शिशु मात्र जीवित छिन्।

अहिले उनको स्वास्थ्य अवस्था पनि चिन्ताजनक रहेको उपचारमा संलग्न माया मेट्रो अस्पतालका बाल रोग विशेषज्ञ डा. मोहन साउदले बताए।

‘स्वास्थ्य अवस्थामा केही सुधार आएको छैन, अवस्था चिन्ताजनक छ, ’बाल रोग विशेषज्ञ साउदले नेपालखबरसँग भने, ‘कम्पन आइरहेकाले टाउकामा चोट लागेको आशंका गरिएको छ, भित्रि चोट लागेको जस्तो देखिन्छ।’

छातीमा निमोनिया रहेकाले त्यसकै कारण कम्पन आएको हुन सक्ने अनुमान गरिएकाे छ।

तर उनको सिटिस्क्यान गरिएको र रिपोर्ट आउन बाँकी रहेकाे बाल रोग विशेषज्ञ साउदले बताए।

उनका अनुसार नाडीको चाल पनि अत्यन्तै कम छ।

ती शिशुलाई उपचारका लागि शुक्रबार बेलुका धनगढी लगिएको हो। अहिले उनको उपचार माया मेट्रो अस्पतालमा निःशुल्क भइरहेको हाे।

बिहीबार महेन्द्रनगरस्थित विभिन्न अस्पतालमा उनको उपचार गरिएको थियो।

अहिले सँगै मृत भेटिएकी धना जयलालकी दाेस्री श्रीमती थिइन्। क्यान्सरका कारण तीन वर्षअगाडि जेठी श्रीमतीको मृत्यु भएपछि उनले शुक्लाफाँटा नगरपालिका-११ अमरपुर बस्ने धनासँग दोस्रो विवाह गरेका थिए।

उनकी जेठी श्रीमतीबाट दुई छोरा र एक छोरी छन् भने दोस्रो श्रीमतीबाट अहिले उपचाररत ७ महिने छाेरी। 

याे पनि : 

भण्डारी दम्पती मृत्यु प्रकरणः बाबु-छोरा, पूर्व प्रेमीसँग जोडेर अनुसन्धान

युएईमा ५ महिनामा ११० जना नेपालीको मृ’त्यु

Previous articleचिकित्सक नहुँदा सर्पदंश केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा बन्द
Next articleमुना हत्या काण्डः श्रीमान अर्जुनको मोबाइल अनुसन्धान गर्दा फेला परे यस्ता रहस्य, बयानको तयारी!
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।