कलंकी–कोटेश्वर सडकमा थप ६ अकासे पुल बनाइँदै

ललितपुर । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा अकासे पुल निर्माण गर्ने भएको छ । कुल ९ किलोमिटरको उक्त सडकखण्डमा बनाइने थप ६ अकासे पुलको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने योजना सरकारको छ । सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा, बल्खु खसीबजारमा अकासे पुल निर्माण गर्न लागेको हो ।

योजनाअनुसार एउटा अकासे पुल निर्माणका लागि साढे २ करोड रुपैयाँ लाग्नेछ । सरकारले कलंकी–कोटेश्वर सडकखण्डमा प्रत्येक एक किलोमिटरको अन्तरमा एउटा अकासे पुल निर्माण गर्ने तयारी गरेको छ ।

चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप ६ ठाउँमा अकासे पुल बनाउन सरकारले अग्रसरता लिएको हो । चिनियाँ कम्पनी सांघाई निर्माण सेवा समूहलाई काठमाडौं चक्रपथ सुधार योजनाले समन्वय गरिरहेको इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । योजनाले नै थप ६ स्थानमा अकासे पुलको जिम्मेवारी लिएको छ ।

चिनियाँ कम्पनीले कोटेश्वर, ग्वार्को र बागडोलमा अकासे पुलको निर्माण गरिसकेको छ । नयाँ बन्न लागेका अकासे पुलमध्ये पाँच स्थानमा जगको काम सकिएर पिलर निर्माण कार्य भइरहेको छ । बालकुमारी, सातदोबाटो, एकान्तकुना र बल्खुमा अकासे पुल निर्माणाधीन छन् । विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार चारै स्थानमा जग निर्माण सकेर पिलरको काम अघि बढेको छ । थप ६ वटा अकासे पुलमध्ये तीनवटाको निर्माण कार्य ९० प्रतिशत सकिएको उनले बताए । उनका अनुसार महालक्ष्मीस्थान र सानेपामा भने काम सुरु भइसकेको छैन । ती दुई स्थानमा ठेक्का सम्झौता भइसकेकाले केही समयपछि काम सुरु हुनेछ ।

The post कलंकी–कोटेश्वर सडकमा थप ६ अकासे पुल बनाइँदै appeared first on Rajdhani Daily News.

भिडियोक’लमा लु’गा खो’ल्नु भन्दा पहिला र यौ’न स’म्बन्ध राख्दा क्यामेरा खोल्नु भन्दा पहिला ह’जार पटक सोचौ

Previous article७० वर्ष नाघेकालाई चन्द्रागिरि केबलकार सेवा निःशुल्क
Next articleप्रेम प्रस्ताव राखेर वाक्क दिक्क पार्छन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।