![](https://ujyaalonepalnews.com/wp-content/uploads/2024/03/news-ad.jpg)
काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् ।
सभापति देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभागको जिम्मेवारी दिएका छन् ।
यस्तै आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग र महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभागको प्रमुखमा मनोनयन गरे ।
यसैगरी केन्द्रीय सदस्यहरु शङ्कर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता) लाई सूचना, सञ्चार तथा प्रचार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा टे«ड युनियन विभागको प्रमुखमा मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
आजै पार्टीको विधान तथा नियमावलीको व्यवस्थाबमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत र सुधीरकुमार शिवाकोटीलाई मनोनित गरेका छन ।
यस्तै धनकुटाका मनोहरनारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई पनि मनोनयन गरेका छन्।
The post कांग्रेस १३ केन्द्रीय विभागमा प्रमुख मनोनयन appeared first on Koshi Online.
![](https://ujyaalonepalnews.com/wp-content/uploads/2024/03/सक्षम-र-सवल-प्रदेशसुनिश्चित-अधिकार-अनलाईनका-लागि900x100-1.gif)