मिस पथरी शनिश्चरेको दोश्रो संस्करण हुने

पथरी / मिस पथरी शनिश्चरेको दोश्रो संस्करण यहि फागुनमा हुने भएको छ । पहिलो संस्करण सफलता पुर्वक सम्पन्न भएको मिस पथरी शनिश्चरेले पुरस्कार राशीमा पनि वृद्धि गर्दै फागुन २६ गते अडिसन शुरु गर्ने भएको हो । २५ दिने बन्द प्रशिक्षण गराइ २०७७ बैशाख २ गते फाइनल हुने आयोजकले बताएको छ ।

पहिलो मिस पथरी शनिश्चरे रिजु भट्टराईले मिस पुर्वाञ्चलको समेत उपाधी जितेपछी अझ बढी उत्साहित बनेको आयोजकले दोश्रो संस्करणलाई निरंतरता दिन थप उर्जा मिलेको आज पत्रकार भेटघाटको आयोजना गरि बताएको छ ।

मिस पथरी शनिश्चरेको विजेतालाई ताज सहित १ लाख रुपैयाँ नगद पुरस्कार घोषणा गर्दै आयोजकले अन्य विभिन्न आठ विधामा नगद ८ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने बताइएको छ। मिस पथरी शनिश्चरेको फर्स्ट रनर अप र सेकेन्ड रनर अपले क्रमश ६० हजार र ३५ हजार रुपैयाँ नगद प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए ।

प्रतियोगितामा १६ देखि २५ वर्षसम्मका अविवाहित युवतिहरुले सहभागिता जनाउन पाउने र न्युनतम उचाई ५ फुट २ इञ्च हुनुपर्ने मापदण्ड आयोजकले बताएको छ । प्रतियोगीहरुको न्युनतम शैक्षिक योग्यता एस ई ई उतिर्ण गरि ं२ अध्ययनरत हुनु पर्ने बताइएको छ ।

मिस पथरी शनिश्चरेको सिजन २ को आयोजना बुद्द युथ क्लबले गर्ने भएको हो । प्रतियोगिताको दोश्रो संस्करणमा पहिलोमा झैँ मिस ट्यालेन्ट , बेस्ट स्माइल, बेस्ट वाक,मिस फे्रण्डसिप,भिवर च्वाईज,मिस मल्टीमिडीया,, बेष्ट पर्सनालिटी, फोटोजेनिक फेस लगायतका विधामा समेत पुरस्कृत गर्ने योजना बनाएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पहिलो मिस पथरी शनिश्चरे तथा १० औँ मिस पुर्वाञ्चल रिजु भट्टराईले मिस पुर्वाञ्चल, मिस नेपाल लगायतका प्रतिस्पर्धामा जाने खुड्किलाको रुपमा मिस पथरी शनिश्चरे रहेको बताईन भने यश किसिमको प्रतिस्पर्धाले व्यक्तित्व विकासमा समेत महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरिन ।

The post मिस पथरी शनिश्चरेको दोश्रो संस्करण हुने appeared first on Purbeli News.

अ’सह्य भएपछि सरकार वि’रुद्ध उ’त्रिए साउदीका अ’लपत्र नेपाली

Previous articleहराउँदै दैलेखको चिनो
Next articleसंघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्न साझा पार्टीको माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।