कोरोना त्रास : नागरिकको ज्यान भन्दा महत्वपूर्ण पर्यटक होइनन्

‘नेपालमा कोरोनाका बिरामी भेटिएको हो ?’ शनिवार बेलुका १० बज्नै लाग्दा एकमित्रले फेशबुक म्यासेन्जरमा सोधे ?
‘हैन हैन । नेपालमा कोरोना आउन्न ।’ मेरो जवाफले उनलाई चित्त बुझेन ।

‘अनलाइनहरुमा हेर्नुस् त नेपालमा कोरोनाको बिरामी भेट्टियो भनेर समाचार आइसक्यो ।’ अर्को सुझाब दिए ।
ल्यापटप अन नै थियो । मैले ८/१० वटा अनलाइन न्युजपोर्टलहरु हेरेँ ‘नेपालमा कोरोनाको बिरामी भेटिएको समाचार कतै पनि थिएन ।’

ति मित्रले फेरि भने ‘१ घण्टा अगाडीसम्म थियो । मेरा साथीले शेयर पनि गरेका थिए तर, अहिले हटाएछन् ।’
मैले भने ‘बेकारको हल्लाको पछि नलाग्नुस् कोरोना आउन्न आइहाल्यो भने गाउँ जाम्ला ।’ उनी अझै मेरो कुरामा विश्वस्त थिएनन् भन्दै थिए ‘गाउँमा चाहि आउन्न र ।’

मेरा मित्र मात्रै हैन । अहिले आम नागरिकको मनस्थितीमा कोरोनाको क्रासले बास गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोना भाइरस संक्रमण फैलिन सक्ने अति उक्त जोखिम मुलुकमा राखेपछि ‘कोरोनाकै कारण मरिने त हैन ?’ भन्दै शसंकित हुन थालेका छन् ।

शनिवार मात्रै पर्यटन मन्त्रालयले विदेशमा पर्यटन भ्रमण वर्ष २०२० को प्राचारात्मक कार्यक्रम स्थगित गरेपछि आम सर्वसाधारणमा थप भ्रम पैदा भएको छ । त्यसमाथी कतिपय अनलाइनहरुले ‘भ्युज’ बढाउने धेयले सनसनीपूर्ण समाचार सम्प्रेषण गरिदिँदा आम मान्छे दुःखी हुन पुगेका छन् ।

चीनको बुहान राज्यवाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका ५० मुलुकमा फैलिइसकेको छ भने ८५ हजार संक्रमित छन् । २ हजार ९ सय ३३ जनाको निधन भइसकेको छ । विभिन्न टेलिभिजन र न्युजपोर्टल हेर्दै कोरोना संक्रमणको समाचार सुन्दै हेर्दै बसेका सर्वसाधारण यसकारण पनि चिन्तित छन्, हाम्रो मुलुकको कमजोर स्वास्थ्य संस्था । अस्पतालहरुमा बिरामीको भिड, बजारमा माक्सको अभाव, माक्सको कालोबजारी जस्ता प्रसंगले पनि नागरिक चिन्तित छन् ।

यसै पनि हाम्रो मुलुककमा स्वास्थ्यसंस्था सिमित छन् । भएका स्वास्थ्यसंस्थामा दैनिक देखिने बिरामीको भिड हेर्दा पनि नागरिक आत्तिनु स्वभाविक हो । किनकी कोरोना संक्रमित बिरामीका लागि आइसोलेशन वार्डको आवश्यकता पर्छ , हाम्रोमा ति वार्डहरु प्रयाप्त छैन ।

संक्रमितको निर्वाध आउजाउ

खुल्ला सिमानका कारण अहिले पनि हाम्रो मुलुकमा दैनिक सयौं व्यक्तिको आउजाउ जारी छ । हाम्रो विमानस्थलमा यात्रुहरुको सामान्य ज्वरो नाप्ने बाहेकका यन्त्र छैन भने स्थलमार्ग(भारतको बाटो हुँदै आउने यात्रु)को ज्वारो नापजाँच समेत गरिन्न ।

सर्जिकल माक्सको उत्पादन बढाउ

कोरोना नियन्त्रणका लागि सर्जिकल माक्स पनि एउटा साधन हो । यदि सर्जिकल माक्स नियमित लगाउने हो भने संक्रमणवाट बच्न सकिन्छ । दुःखको कुरा सामान्य माक्सको पनि कालोबजारी सुरु भैसकेको छ । हाम्रोमा सर्जिकल माक्स उत्पादन नहुने होइन । तर,माग बढ्ने बित्तिकै कृतिम मुल्य बृद्धि गर्ने र बजारमा अभाव सिर्जना गर्ने काम माक्स उत्पादकले पनि सिकिसकेका छन् । तशर्थ स्वास्थ्य मन्त्रालयले तत्काल माक्स उत्पादक कम्पनिको अनुगमन गर्दै तिनको उत्पादन क्षमतावारे जानकारी राख्नुपर्छ ।

अहिले दैनिक कति माक्स उत्पादन हुन्छ र कति खपत छ, सर्वसाधारण नागरिकलाई समेत जानकारी दिनुपर्छ । यदि माग अनुरुप उत्पादन भएको जानकारी दिइयो भने नागरिक स्वयं पनि चर्को मुल्य तिर्न वाध्य हुँदैनन् ।

भ्रमण वर्ष स्थगित गर्दा के फरक पर्छ

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन वर्षभरिमा २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ । कुनै पनि पर्यटकलाई नेपाल बोलाईसकेपछि उनीहरुलाई आतिथ्य सत्कार गर्दै सन्तुष्ट बनाएर पठाउनुपर्छ ।

नेपाल घुमेर फर्किएका कुनै पनि नागरिकले नेपालको वारेमा राम्रो सन्देश प्रवाह गरुन् र आगामी दिनमा अन्य पर्यटक पनि नेपाल आउन प्रेरित होउन् । कोरोना संक्रमणको त्रास कायम रहेको अवस्थामा न त हामीले आतिथ्यता प्रदान गर्न सक्छौं न उनीहरुले अनुभुति नै गर्न सक्छन् । तशर्थ भ्रमण वर्ष स्थगित गर्न पनि सकिन्छ । राष्ट्र जतिसुकै कमजोर किन नहोस् उसका लागि आफ्ना देशका नागरिकका ज्यान भन्दा पर्यटक प्यारो हुन हुँदैन ।

The post कोरोना त्रास : नागरिकको ज्यान भन्दा महत्वपूर्ण पर्यटक होइनन् appeared first on Rajdhani Daily News.

कतार सरकारको नेपाल सरकार संग आग्रह: घरे’लु श्रममा लगाएको प्र’तिबन्ध हटाइदिन अनुरोध

Previous articleमेरो कार्यकालमा नेपाल ट्रष्टको जग्गासम्बन्धी कुनै निर्णय भएको छैन : देउवा
Next articleकोरोनाको असर : अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।