बालअधिकार विधयेकमाथि प्रदेशसभामा छलफल

रंगेली, १८ फागुन । एक नम्बर प्रदेशसभामा बाल अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । प्रदेशसभाको आइतबारको बैठकमा प्रस्तुत गरिएको उक्त विधयेकमाथिको छलफलमा सांसदहरुले आफ्नो धारणा राखेका हुन् ।

सामाजिक विकास मन्त्रालायले ल्याएको उक्त विधयेक राज्यमन्त्री जसमाया गजमेरले प्रदेश सभामा प्रस्तुत गरेकी थिइन् । विधयेकमाथि सांसद कुलप्रसाद साम्बा, जयराम यादव, शान्ता पौडेलले आफ्नो धारणा राखेका थिए ।

शून्य समयमा बोल्दै सांसद

केदार कार्की, सांसद

नजिकै कारागार जेलमा बस्छौँ । कोहीकोही आएर छेउमा बसिरहन्छन । त्यो को रहेछ भनेर बुझ्दा योचाहिँ अलिखित नाइके भनिन्थ्यो । उसले लगेर चौकीदारलाई कुर सुनाइहाल्ने । सदनमा पनि सपथ ग्रहण नगरेका मन्त्रीहरू धेरै देखेका छौँ । कुरा उठायो कि छोपिहाल्नुहुन्छ । प्रधानमन्त्रीले खै के बन्नु भन्नु भएको थियो । छोपिहाल्नुहुन्छ ।

तरपनि म सरकारसँग एउटा माग गर्न चाहन्छ । सरकार एक टोलमा एउटा गाई किन्दिनु । बैतर्णी दान गर्नलाई चाहिन्छ । नोबेल कोरोना (कोभिट नाइन्टिन) ले विश्व आक्रान्त भइरहेको बेलामा नेपालमा नेपाल सरकारले त गरेन गरेन । मैले सुनेको थिएँ, प्रदेश सरकारले एउटा विधयेक पास गरेको छ । विपद व्यवस्थापन गर्ने । विपद भनेको के हो ? मरेपछि ५ लाख दिने । मरेपछि श्रद्धाञ्जली दिने ।

हेलिकप्टर लिएर घुम्ने ! त्यहीँ हो विपद । विपदपछि के गर्ने । विपद व्यवस्थापनको बैठक बसेर कस्तो खालको सुरक्षा अपनाउने भन्ने कि नभन्ने । प्रदेश सरकारले कोरोनाबाट बच्न पूजापठ गर्न आग्रह गर्छ कि भन्ने मलाई लाग्दैन ।

प्रदेश विकासमा पनि कर्मचारी नभएको भन्ने गरिन्छ । केही जिल्लामा हेर्दा अस्पतालमा डाक्टर छैन, अहेव छैन । प्रदेश लोकसेवा आयोग बनाएका छौँ । त्यो लोकसेवा आयोग समितिका मानिसलाई भत्ता खुवाउन मात्र बनाएको हो । टुरिष्ट कर्मचारीहरू आउने दुई–चार दिन कमाउने अनि काठमाण्डौमा घर बनाउने हिसाबले आउने गरेका छन् । जसले प्रदेशको विकासमा टेवा पुग्दैन । प्रदेशमा लुट्नलाई मात्र टेवा पुग्छ ।

हामीलाई प्रदेशसभा चलाउन गाह्रो भयो । तर सचिव नियुक्त गरेपछि सजिलो भएको छ । त्यसैले संघ सरकारसँग कर्मचारी चाहियो भनेर रुनुस् । यहाँ नरुनुस् ।

ज्योति सुब्बा, सांसद

सभामुख महहोदय, बर्खायाममा धरानको केराबारी वडा नम्बर ६ विमिरे आउने धेरै कठिन हुन्छ । त्यहाँको डाँडी खोला छ । त्यसमा आउजाउ गर्न निक्कै कठिन हुन्छ । बर्खायाममा विमिरेका जनताहरू धेरै पीडित हुन्छन् । त्यहाँ पुलको आवश्यकता परेको छ । त्यस खोलामा एउटा पुल निर्माण गरिदिन सभामुखमार्फत मन्त्रीज्यूमा आग्रह गर्दछु ।

वसन्तीदेवी यादव, सांसद
माननीय सभामुख ज्यू, विराटनगरबाट जोगबनी जानेबाटोमा पहिला पनि मैले कुरा गरिसकेको छु । विराटनगर १२ र १३ नम्बरबीचको बाटो हो । जबकी दुवैतर्फ बटो बनिसकेको छ । त्यो बाटो जसरी पनि बन्नुपर्छ । त्यहाको जनप्रतिनिधि भएको हुनाले स्थानीयले धेरै घचघच्याउनु हुन्छ । त्यसैले मैले दोहो¥याएर फेरि राख्न चाहेँ ।

विष्णु तुम्बाहाम्फे, सांसद
माननीय सभामुखज्यू, जति पनि हामीले शून्य समयमा कुरा उठाएका थियौँ । त्यसको जवाफ मैले पाएको छैन । त्यसको जवाफ सरकारबाट र ‘स्पेसल’ मुख्य मन्त्रीबाट जवाफ पाउनुपर्छ भन्ने कुरा राख्छु ।

आर्थिक वर्ष सुरु भएको ८ महिना भइसकेको छ । बाँकी चार महिना मात्र छ । आठ महिना बितिसक्दा पनि ३० प्रतिशत पनि किन खर्च हुन नसकेको हो ? यदि कानूनको अभावमा हुन नसकेको हो भने बजेट खर्च गर्ने कानूनलाई पहिलो प्राथमिकतामा राखेर बनाउनुपर्छ ।

धरान मूलघाट सुरुङ मार्गको डीपीआर अध्ययन तत्काल सुरु गरिनुपर्छ । हालको सडक मार्गभन्दा ३० किलो मिटर छोटो हुन्छ । सुरुङ मार्गले बहुआयामिक रूपमा फाइदा पुग्छ । घाटहरूको पनि घाट मूलघाटमा दाहसंस्कार गर्न जानेलाई सरल रहज हुन जान्छ । ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनकुटा जिल्लाका सर्वसाधारणलाई प्रदेश राजधानी विराटनगर आउने पनि सहज हुने छ ।

विन्दिया कार्की, सांसद
माननीय सभामुख ज्यू, प्रहरी मेरो साथी, मुस्कानसहितको सेवा कहा गयो ? भन्ने सम्बन्धमा मेरो केही कुरा राख्न चाहन्छु । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । ६ महिनाको नानी बोकेकी महिलालाई कुटिएको छ । त्यसरी एउटा आतंककारीलाई पनि कुट्न पाउँदैन थियो होला । नानी बोकेकी महिलालाई कुटेकोप्रति म घोर भर्त्सना गर्न चाहन्छु ।

महिला प्रहरी सजाउनको लागि मात्र राख्न खोजिएको हो कि ? महिलालाई कुनै आपत्ति पर्‍यो, गलत काम गर्‍यो भने रोक्ने काम महिला प्रहरीले गर्ने कि पुरुषले हात छोड्ने हो । बर्दीवाला प्रहरीको गुण्डागर्दी कहिलेसम्म ? प्रहरी सेवामा प्रवेश गर्दा जनताको सेवा र सुरक्षा गर्ने खाएको कसम खोइ ? हामीले कुनै समस्या पर्दा विश्वास गर्ने प्रहरीलाई कसरी विश्वास गर्ने ?

The post बालअधिकार विधयेकमाथि प्रदेशसभामा छलफल appeared first on Koshi Online.

साउदी अरबमा सात वर्ष बे’पत्ता भएको छोरो घर त फर्कियो तर यस्तो ना’जुक अवस्थामा

Previous articleखेल्न गएका बालककाे बिजुली पोलमा किचिएर मृत्यु
Next articleआफ्नै बारीका स्याउको बिरुवा बेचेरै करोडौँको कमाइ !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।