चीनका राजदूत पौडेललाई फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस

काठमाडौं । सरकारले चीनका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीनका राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको उच्च स्रोतले जानकारी दिएको छ ।
सरकारले राजदूत पौडेललाई फिर्ता हुने समय १५ दिन दिएको छ ।

१५ दिनभित्र उनलाई नेपाल फिर्ता गर्ने गरी निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । पौडेल गत २०७३ साल कात्तिकमा राजदूतमा नियुक्त भएका थिए । मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाएर चीनका लागि नयाँ राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।

The post चीनका राजदूत पौडेललाई फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस appeared first on Rajdhani Daily News.

नारायणगढ-मुग्लिन सडक सुचारु हुन अझै चार घण्टा बढी समय लाग्ने

Previous articleगितकार एनपी परदेशीकाे शब्द तथा मेनुका राईकाे स्वरमा रहेकाे ‘हरेस नखाऊ’ सार्वजानिक (भिडियाे सहित)
Next article‘प्रचण्ड’माथि जुत्ता प्रहार, नेपालमा कोरोनाको हालको स्थितिबारे सम्बन्धित डाक्टर लाइभ (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।