उपराष्ट्रपति पुनद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए।

प्रेस संयोजक घर्तीका अनुसार उपराष्ट्रपति पुनले स्वदेशमा नै मिर्गौला प्रत्यारोपण गरेमा स्वास्थ्य क्षेत्रमा जनताको विश्वास बढ्ने विचार प्रधानमन्त्रीसमक्ष राखेका थिए । विसं २०६७ मा उपराष्ट्रपति पुनको पनि मिर्गौलामा समस्या देखिएपछि स्वदेशमा नै उपचार भएको थियो ।

प्रधानमन्त्रीको तेह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीले गत तिहारपछि यता नियमित मिर्गौलाको डायलोसिस गराउँदै आएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिने तयारी छ ।

The post उपराष्ट्रपति पुनद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना appeared first on Rajdhani Daily News.

बेलायतमा कोरोनाको नयाँ प्रकार: बेलायत बाट नेपाल आउन प्रति’बन्ध

Previous articleशेयर बजारमा तीव्र गिरावट, सर्किट ब्रेकरपछि पनि फेरि ओरालो लागेपछि काराेबार बन्द
Next articleगाँजा खेति बैधानिक गर्न पूर्वकानुन मन्त्रीद्वारा संसदमा विधेयक दर्ता (भिडियाे)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।