करण केसी चम्किएपछि नेपालले पायो ६७ रनको झिनो लक्ष्य

0
67

तीव्र गतिका बलर करण केसी चम्किएपछि एसीसी इस्टर्न रिजन टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले ६७ रनको झिनो लक्ष्य पाएको छ।

बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयोजक थाइल्यान्डले निर्धारित २० ओरभमा सबै विकेट गुमाउँदै ६६ रनको योगफल तयार पारेको थियो।

थाइल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिए। नेपाललाई पहिलो सफलता करण केसीले दिलाएका थिए।

उनले दोस्रो ओभरको पाँचौ बलमा नभिद पठानलाई ८ रनमा अभिनाश बोहराको हातबाट क्याच आउट गराए। करणले दोस्रो विकेटका रुपमा। वान्चनालाई २ तथा तेस्रो विकेटका रुपमा रोवर्ट रैनालाई १ रनमा पवेलियनको बाटो देखाए।

अभिनाश बोहोराले २ विकेट लिए। स्पिनर सन्दीप लामिछानेले १ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र ९ रन खर्चेका थिए। टि-ट्वान्टी आइमा डेब्यु खेल खेलिरहेका भुवन कार्कीले १ विकेट लिए।

किफायती बलिङ गरेका उनले आफ्नो स्पेलमा ६ रन मात्र खर्चे। भुवनले स्पिनर सुशन भारीको स्थान लिएका हुन्। भुवनले २०१७ मार्चमा बंगलादेशमा भएको एसीसी इमर्जिङ एसिया कपमा हङकङपछि पहिलोपटक अन्तर्राष्टिय खेल खेलेका हुन्।

थाइल्यान्डका हेन्नो जोर्डनले १३ रन जोड्नबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

आजै हुने हङकङ र सिंगापुरको खेलको नतिजाले पनि नेपालको भाग्यको निर्धारण हुनेछ।

हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहनेछ भने सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो।

आफ्नो अन्तिम खेल खेलिरहेको थाइल्यान्ड भने हङकङ र मलेसियासँग समान ८ विकेट तथा सिंगापुरसँग ४३ रनले पराजित हुँदै बाहिरिसकेको छ।

 

साउदी अरबमा यी १० अप’राधको हुँदैन माफी, मृ’त्युद’ण्ड निश्चित

Previous articleदण्डहीनताले बढाएको अपराध
Next articleकोरोना त्रास : खाद्य पसलमा उपभोक्ताको भीड