कोरोना त्रास : खाद्य पसलमा उपभोक्ताको भीड

0
120

काठमाडौं । कोरोना भाइरसको क्रास बढेसंगै काठमाडौका खाद्यान्ह पसलमा उपभोक्ताको भिड लाग्न थालेको छ । खाद्यसामग्री उपलब्ध हुने भाटभटेनी सुपरमार्केट, बिगमार्टलगायत विभिन्न स्टोरहरुमा उपभोक्ताको भिड सुरु भएको छ ।
‘तीन दिनदेखी दाल, चामल, खाने तेल,चिनीलगायतका सामग्रीको बिक्री धेरै हुन थालेको छ ।’ अनामनगरस्थित भाटभटेनी सुपरमार्केटका कर्मचारीले जानकारी दिए ।
ठूला स्टोर मात्रै हैन सामान्य किराना पसलवाट पनि उपभोक्ताले आवश्यक भन्दा बढी मात्रामा खाद्य सामग्री खरिद गरेका छन् ।

संकटमा थुपार्ने पुरानो बानी

कोरोना संक्रमण बढ्यो भने विदेशी मुलुकवाट खाद्य सामग्री आउन कम हुन्छ भन्ने मानसिकताले उपभोक्ताहरु आवश्यक भन्दा बढी सामग्री स्टोर गर्न व्यस्त छन् । ०७२ सालमा भूकम्प जाँदा उपभोक्ताले आवश्यकता भन्दा बढी सामग्री स्टोर गरेको स्मरण गर्दै नयाँ वानेश्वर थापा गाउँका किराना पसल सञ्चालक सिताराम थापा भन्छन् ‘एकै पटक १० पोका नुन किन्नेहरु पनि छन् ।’

विश्वस्वास्थ्य संगठन डब्लुएचओले नपाल कोरोना भाइरसको उच्च जोखिममा छ भन्ने प्रतिक्रिया दिए लगत्तै सरकारले कारोनावाट बच्न विभिन्न उपायको खोजीमा लागेको छ । तर, उपभोक्ताहरु भने ठूलै संकटको अनुमान गर्दै खाद्यान्ह जम्मा गर्न व्यस्त छन् ।

थाेरै किन्ने संस्कारी

विश्वका विभिन्न मुलुकमा कोरोनाको महामारी फैलिएपनि नेपालमा आत्तिनुपर्ने स्थिती छैन । त्यसमाथी संकट आयो भन्दै खाद्यान्ह बटुल्न सुरु गरेपछि आम सर्वसाधारणमा ‘जम्मा गर्नुपर्ने रहेछ’ भन्ने मानसिकताको विकास हुन पुग्छ । संकट वा राष्ट्रिय विपत्तिको समयमा थोरै किनेर सामाजिक सदभाव देखाउनुपर्ने धारणा राख्निछन् सांसद कोमल वली ।
जापानमा सुनामी आउदा जापानीहरुले थोरै सामग्री किनेको स्मरण गर्दै गायिका वलि भन्छिन् ‘म जापान पुगेको बेला सुनामी आयो, धेरै जनधनको क्षति भयो तर, त्यहाका नागरिकले अरु बेलामा एक लिटर पानी किन्नेले पनि आधा लिटर किन्न थाले ।’

आफुले धेरै किन्यो भने अरुलाई पुग्दैन भन्ने मानसिकताले जापानी नागरिकले आधा लिटर पानी किनेको स्मरण गर्दै उनी भन्छिन् ‘हामीले पनि थोरै किन्ने संस्कार विकास गर्नुपर्छ ।’

The post कोरोना त्रास : खाद्य पसलमा उपभोक्ताको भीड appeared first on Rajdhani Daily News.

रवि लामिछाने भन्छन्:- “पार्टी बच्यो, पद बच्यो। अब आउनुहोस् जनता बचाऔं।”

Previous articleनेपालको पहिलो जीत, एसिया कप खेल्ने नेपालको सम्भावना जीवितै
Next articleयी हुन् ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर