नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

Click Image

चितवन, वैशाख २९- चितवनको भरतपुर महानगरपालिका–१७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ ।
मृतक भरतपुर–१७ मझुवाका १८ वर्षीय कुमार नेपाली हुन्।

उनी आफ्ना आमा–बुबासहित नारायणी नदीमा पौडी खेल्न गएका बेला डुबेका थिए । चितवन प्रहरीका अनुसार आज (सोमबार) दिउँसो करिब १ः३० बजे उनलाई बेहोस अवस्थामा पानीबाट निकालिएको थियो । उनका बुबाले तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पु¥याएका थिए । तर उपचारको क्रममा दिउँसो २ः२९ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय (इप्रका) चनौलीबाट प्रहरी निरीक्षक बिक्रम रिजालको कमान्डमा प्रहरी टोली खटिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Previous articleश्रीमतीको कुटाइबाट घाइते भएकाको मृत्यु
Next articleएमालेलाई भाटभटेनी जग्गादानबारे सर्वोच्चले भन्यो- ‘कानुनसम्मत छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।