रत्ननगरमा स्कुटर चोरी आरोपमा दूईजना पक्राउ

उज्यालो नेपाल- रत्ननगरमा स्कुटर चोरीको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर ८ बस्ने वर्ष ४२ को बाबुराम महतो र भरतपुर ९ बस्ने वर्ष ३१ को विशालमान जोशी रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई गत विहिवार चोरीको स्कुटर सहित रत्ननगर १५ माधवपुरबाट पक्राउ गरिएको हो ।

रत्ननगर १५ का वडाध्यक्ष आसिक तामाङका अनुसार गत जेठ २० गते राती माधवपुर, भट्टचोक नजिक लक्षमण रेग्मीको घरबाट टिभिएस कम्पनीको बा. ०३-०४ प १७३७ नम्बरको स्कुटर चोरी भएको थियो। वडा कार्यालयले चोकचोकमा जडान गरेको सिसि क्यामेरामा स्कुटर चोरहरु कैद भएका थिए। सोहि दिनदेखि माधवपुर क्षेत्रमा रातीको समयमा वडाध्यक्ष आसिक तामाङ, वडा सदस्य ईमप्रसाद पन्त लगायतको टोलीले निरन्तर निगरानी गरिरहेको थियो । सोहि टोलीले उनीहरुलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको हो।

उनीहरुलाई गत वैशाख २० गते कावासोतीबाट चोरी भएको स्कुटर सहित पक्राउ गरिएको छ । त्यस्तै उनीहरुले रनपा-११ बाट समेत स्कुटी चोरी गरी बिक्री गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरेर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी रन्जन अवाले जानकारी दिए ।

Previous articleकरारका शिक्षकलाई आफूखुसी स्थायी गरेको आरोपमा नेपाल माविका छ जना विरुद्ध मुद्दा
Next articleरत्ननगर–१६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।