बाइस सयले बढ्यो सुन

काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार ५०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८० हजार २०० निर्धारण गरिएको छ ।

महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला रु ७८ हजार ३०० र तेजाबी सुन प्रतितोला रु ७८ हजारमा खरिदबिक्री भएको थियो । यसैगरी नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु २० ले बढेको छ । चाँदीको मूल्य प्रतितोला रु ८८० पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

The post बाइस सयले बढ्यो सुन appeared first on Purbeli News.

https://ujyaalonepalnews.com/archives/5065

Previous articleचेक अनादार तथा बैंकिङ कसुरका घटना बढ्दो
Next articleकोरोना त्रास : राष्ट्रपति भण्डारी संखुवासभा आउने कार्यक्रम स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।