कोरोनाभाइरस तिब्र गतिमा फैलिएसँगै इटालीले सबै शैक्षिक संस्था दुईहप्ता बन्द गर्ने

इटालीको सरकारले बुधबार विद्यालय र विश्वविद्यालयहरु दुईहप्ता बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले कोरोना प्रभावित देशहरुमा भीड र समूहमा गरिने कार्यहरु नगर्न सुझाव दिएको छ। यसबीचमा इटालीमा शैक्षिक संस्था बन्द गरिएका हुन्।

कोरोनाभाइरसका कारण इटालीमा हालसम्म ७९ जनाको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या ३२ पुगेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म विश्वमा ९३ हजार २३७ कोरोनाबाट संक्रमित भएका छन्।

३२ सय १८ को मृत्यु भइसक्दा उपचारपछि ५० हजार ६९१ स्वस्थ बनेका छन्।

चीनमा मात्र ८० हजार २७० कोरोनाबाट संक्रमित छन् र त्यहाँ २ हजार ९८१ को मृत्यु भइसकेको छ।

कोरोनाभाइरस हाल ८० भन्दा बढी मूलुकमा देखिएको छ। एजेन्सी

विदेशबाट आउनेले आफ्नै खर्चमा दुईपटक पीसीआर गर्नुपर्ने

Previous articleकोरोनाको त्रासबीच भारतले औषधि निर्यात सीमित गर्ने, विश्वभर अभाव हुने आशंका
Next articleट्राफिक नियम लेखिएको प्ले कार्ड सडकमा देखाउन सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।