काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीतका विधेयक मान्य नहुने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको बताए ।
“बहुमतको आधारमा सरकारले मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजेको छ, यसको विरुद्धमा काँग्रेस एकजुट हुन जरुरी छ”, उनले भने ।
संसद्मा प्रतिपक्षको भूमिका बलियो हुँदै गएको उनको भनाइ थियो ।
सभापति देउवाले पार्टीभित्रको झगडाका कारण कांग्रेस कमजोर हुँदै गएको बताउँदै पार्टीलाई बलियो बनाउन एकजुट हुनुपर्ने उल्लेख गरे ।
उनले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
The post संविधानको मर्मविपरित आएका विधेयक मान्दैनौं : सभापति देउवा appeared first on Koshi Online.
अलपत्र परेका नेपाली लिन नेपाल एअरलाइन्स युएई जाँदै; भाडा कति पर्ला?


