आहा रारा गोल्डकप: आयोजक सहाराको विजयी सुरुवात

आयोजक सहारा क्बलले घरेलु मैदानमा पाहुला टोली ब्रिगेड ब्याइजविरुद्ध ३–२ को जित निकाल्दा ब्रिगेड ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ। जीतसँगै आयोजक सहारा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालाको नयाँ फुटबल मैदानमा ब्रिगेड ब्वाइज अभागी देखियो। सुरुवाती अग्रता लिएको ब्रिगेडले त्यो अग्रता कायम गर्न नसक्दा पराजय भोग्यो। पहिलो हाफ बराबरी खेलेको ब्रिगेडले खेलको ५७ मिनेटमा अग्रता लिएको थियो। ब्रिगेडका लागि राजेश परियारले गोल गरेका थिए। तर, त्यो अग्रता ४ मिनेटमात्रै टिक्यो।

सहराको तर्फबाट खेल्ने क्यामरुनी सिबीले सहारालाई बराबरीको अवस्थामा पुर्‍याए। कमल थापाको फ्रि किकलाई उनले हेडमार्फत जाली चुमाएका थिए। सहाराले बराबरी गरेपछि ब्रिगेड झन् आक्रामक भयो।

पोखरेली खेलाडी विजय गुरुङले खेलको ६२ औँ मिनटमा गोल थपे। अवस्था २–१ को भयो। गोलको लागि संघर्ष गर्दै गरेको सहाराका लागि त्रिदेव गुरुङले ७८ औँ मिनेटमा गोल गरे। खेल पुनः बराबरी भयो। यो उपक्रम ९० मिनटसम्म जारी रह्यो।

अतिरिक्त समयमा भने सहारा भाग्यमानी देखियो। थपिएको समयको १२ औँ मिनटमा त्रिदेवले सहाराको लागि गोल गरे। अन्ततः बिग्रेडले २–३ को नतिजा सहारालाई सुम्पियो।

शुक्रबार सशस्त्र प्रहरीको एपीएफ र झापा ११ बीच खेल हुनेछ।

सर्वोत्कृष्ट राष्ट्रिय खेलाडीको सम्मान सुजललाई

सहारा क्लबले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७६’ बाट नेपाली राष्ट्रिय फुटबलका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरेको छ। १८ औँ संस्करणको आहा रारा गोल्डकप उद्घाटनको अवसरमा बिहीबार उनलाई नगद ३५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको हो।

सुजलको कप्तानीमा रहेको नेपाली यु–२३ टोलीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलको उपाधि जितेको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुजललाई सम्मान गरे। यसरी सम्मानित हुने उनी तेस्रो खेलाडी हुन्।

यसअघि भरत खवास र किरण चेम्जोङलाई क्लबले सम्मान गरिसकेको छ। खेलाडी सम्मान कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेका हुन्।

विदेश जान खोप लाउन खोज्दै हुनुहुन्छ? अब जानुस् यि दुई अस्पताल

Previous articleप्राविधिक सशस्त्र प्रहरी अधिकृत तालिम समापन
Next articleरडमा च्यापिएर मजदुरको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।