नेकपा विराटनगरको विभिन्न वडा कमिटीको सपथ हुँदै

विराटनगर, २२ । नेकपा विराटनगर महानगरपालिकाका ६ वटा वडाका कमिटीका कार्यसमित सदस्यहरुले सपथ लिएका छन् ।

नेकपा विराटनगर महानगर कमिटी विराटनगरले रानी युवा क्बलमा ५ नम्बर निर्वाचन क्षेत्र अन्तरगत पर्ने विराटनगर १३, १४, १५, १६, १७ र १८ नम्बर वडाका कार्यसमितिहरूले सपथ गराएको हो ।

समितिका पदाधिकारीहरूलाई नेकपाका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका इन्चार्ज शिवकुमार मण्डलले वडाका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा नेकपा विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा, सचिव हेम कार्की, सदस्य नमिता न्यौपानेलगायतका नेताहरूको सहभागिता थियो ।

महानगरकमिटी अध्यक्ष थापाका अनुशार शुक्रबार मोरङ क्षेत्र नं नम्बर ४ अन्तर्गतका १,२, ३, ८, १० र १९ नम्बर वडाको सपथ तीनपैनीमा हुने छ ।

यस्तै ६ नम्बर निर्वाचन क्षेत्रको ७ वटा वडाको पाञ्चाली स्थित पार्टी कार्यालयमा सपथग्रहण हुने अध्यक्ष थापाले जानकारी दिए ।

The post नेकपा विराटनगरको विभिन्न वडा कमिटीको सपथ हुँदै appeared first on Koshi Online.

अगस्ट महिनाको लागी उडान तालिका आयो; कुन देशमा कति उडान ? हेर्नुहोस् पुरा विवरण

Previous articleसरकारले गरेको विकास देख्न नसक्ने छटपटाए : प्रवक्ता श्रेष्ठ
Next articleपाँच किलो गाँजासहित एक भारतीय नागरिक नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।