काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रथम उपमेयर राष्ट्रिय महिला लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एन्फाले बिहीबार उपमेयर राष्ट्रिय महिला लिग फुटबलको धरानमा हुने पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
पहिलो चरण ३ देखि १३ चैतसम्म हुनेछ । काठमाडौं र विराटनगरमा हुने दोस्रो र तेस्रो चरणको खेल तालिका पहिलो चरणपछि सार्वजनिक गर्ने एन्फाले जनाएको छ । एन्फाका अनुसार दोस्रो चरण काठमाडौंमा वैशाख पहिलो साता र अन्तिम चरणको खेल जेठ तेस्रो साता विराटनगरस्थित शहीद रंगशालामा हुनेछ । सुनसरीको धरान रंगशालामा हुने प्रतियोगिताको पहिलो चरणको उद्घाटन खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेपछि हुनेछ ।
दोस्रो दिन दुई खेल हुनेछन् । तेस्रो दिन एक खेल, चौथो, पाँचांै र छैटांै दिन दुई खेल हुनेछ । सातांै, आठौं र नवांै दिन १–१ खेल हुनेछ । १०औं दिन दुइ तथा अन्तिम दिन १ एक हुने एन्फाले जनाएको छ ।
प्रतियोगितामा तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफसहित मोरङको विराटनगर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका रहेका छन् ।
गत महिना रौतहटमा सम्पन्न उपमेयर राष्ट्रिय महिला फुटबल छनोटबाट आएका चार टिम र तीन विभागीय क्लब गरी सात टिमले डबल राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीले १२–१२ खेल खेल्नेछन् । बढी अंक जोड्ने टोली लिग च्याम्पियन बन्नेछ । लिगको लागि पहिलो चरणमा १८ नगरपालिकाले प्रतिस्पर्धा गरेका थिए । त्यसबाट ८ नगरपालिकाले दोस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले ८ लाख र तेस्रो हुनेले ५ लाख नगद पाउनेछन् । त्यस्तै, विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले ५० हजार नगद पाउनेछन् । हरेक खेलको वुमन अफ दि म्याचले ५ हजार पाउनेछन् । प्रतियोगिताको अनुशासित टोलीलाई १ लाख ५० हजार प्रदान गरिने एन्फाले जनाएको छ । टोलीलाई तयारीको लागि १–१ लाख रुपैयाँ प्रदान गरिएको र प्रतियोगिताको अनुमानित बजेट १ करोड ३२ लाख ५५ हजार रुपैयाँ रहने एन्फाले जनाएको छ ।
यस्तै, एन्फाले एक टोलीमा २३ मध्ये ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखेको छ । ३ अफिसियलमध्ये १ महिला अफिसियल हुनुपर्ने अनिवार्य गरिएको छ ।
The post महिला लिग अर्काे महिना appeared first on Rajdhani Daily News.
मलेसियामा नेपालीलाई यस्तो छ खोपको प्रावधान, खोप नलगाउने कारवाहीमा


