तनहुँ । जिल्लाको म्याग्दे गाँउपालिकामा एक युवक ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेलचौताराले लागूऔषधसहित १ जनालाई पक्राउ गरिएको हो ।
म्याग्दे गाउँपालिका–६, अकलाबाट ३२ वर्षीय ज्योती श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
कार्यालयका प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार श्रेष्ठको साथबाट नोफिन, फेनरागन र डाइजापम गरि ३० थान लागुऔषध बरामद भएको पथियो । पक्राउ परेका श्रेष्ठलाई आइतवार म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
The post ठूलो परिमाणमा लागूऔषधसहित श्रेष्ठ पक्राउ appeared first on Rajdhani Daily News.


