
धादिङको मैदीमा मिनि ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयले नेपालखबरलाई जनाकारी गराए अनुसार ज्वालामुखी गाउँपालिकामा रहेको तीर्थस्थल ढोला मण्डली आएको मिनिट्रक नीलकण्ठ नगरपालिका ८ मैदीमा दुर्घटना भएको हो।
ग १ ख ८०१२ नम्बरको सो मिनिट्रकमा नीलकण्ठ नगरपालिका २ भुलभुलेका स्थानीयबासी सवार थिए।
ट्रकमा करिब ४५ जना सवार रहेको प्रहरीको भनाइ छ। घाइतेहरुको उद्दार भइरहेको छ।


