Home Uncategorized मनाङे भन्छन् : ठूलो कुरो गर्‍यो, हान्दिएँ

मनाङे भन्छन् : ठूलो कुरो गर्‍यो, हान्दिएँ

गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेबाट कुटाइ खाएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले सांसदको मर्यादा राखेर आफूले सहेको बताएका छन्।

‘मनाङबाट पहिले नै खेलाडी आएको कुरा हामीसँग सरोकार हुँदैन। खेलभन्दा अघिल्लो दिनदेखि सुविधा दिने हो, वहाँहरु ५ दिनअघि नै आउनुभएछ। त्यहीबेलादेखि होटल र ग्राउन्ड माग्नुभयो,’ उनले भने, ‘हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो। सांसदको मर्यादा राखेर मैले केही बोलिनँ।’

मंगलबार मनाङेले पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबलको उद्घाटनका अवसरमा मञ्चमै गुरुङमाथि मुक्का हानेका थिए।

मनाङेले पनि आफूले कुटपिट गरेको स्वीकारे। ‘प्लेयर आएको धेरै भइसक्यो । ग्राउन्ड पनि छैन। खानेबस्ने ठाउँ पनि छैन। मैले किन नदिएको भनेर सोधेको हुँ। तर ठूलो कुरा गर्‍यो,’ उनी भन्छन्, ‘गलत गरेपछि मैले झापड हानेको हुँ। प्रदेशकै गौरवको प्रतियोगिता रंगशालामा गर्न छोडेर भण्डारढिक किन लगियो?’

पर्यटनको विकासका लागि पोखराको एकीकृत गुरुयोजना

Previous article दीपक मनाङेद्वारा कास्की फुटबल संघका अध्यक्षमाथि हातपात
Next articleदिलीपको नाममा प्रतिष्ठान गठन, पूर्वराष्ट्रपति यादवको उपस्थितिमा १ हजार बिरुवा रोपियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।