Home Uncategorized मलेसिया-११ माथि नेपालको १७२ रनको फराकिलो जित

मलेसिया-११ माथि नेपालको १७२ रनको फराकिलो जित

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष–११ ले दोस्रो एक दिवसीय अभ्यास खेलमा मलेसिया–११ लाई १ सय ७२ रनकाे फराकिलो अन्तरले  जित हात पारेकाे छ।

क्यान–११ ले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८ दशमलव ४ ओभरमा अल आउट हुँदै १ सय १८ रनमा समेटियो। मलेसियाको ओपनर भूषण सेभले २४, विरनदीप सिंहले २३, सैद अजिजले २८ र अहमद फैजले १९ रन जोड्न बाहेक अन्यले दोहोरो अंक जोडन सकेनन्।

नेपालका स्पिनर ललित नारायण राजवंशीले ८ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर किशोर महतोले ७.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। सुशन भारीले २ तथा कमल सिंह ऐरी र पवन सरार्फको नाममा १–१ विकेट रह्यो।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रनको योगफल तयार पारेको थियो। नेपालका लागि रोहितकुमार पौडेलले ५४ बलमा ४ चौका र २ छक्कासहित ५७ रन जोडे भने सुनिल धमला २४ रनमा क्याच आउट भए। ओपनर सुवास खकुरेलले ७७ बलमा ४ चौकासहित ४८ रनमा बोल्ड आउट भए। कप्तान ज्ञानेन्द्र मल्ल ४७ बलमा ५ चौका र २ छक्का सहित ५४ रनमा रिटायर्ड आउट भए।

लोकेश बमले ३४, विनोद भण्डारीले २१, पवन सरार्फले १२ र सुसन भारीले १६ रन जोडे।

मलेसिया ११ का अनवार रहमान र नाजरिल रहमानले समान २ विकेट लिए। मोहम्मद आरिफ र शब्रिनको नाममा १–१ विकेट रह्यो। यसअघि सोमबार भएको पहिलो अभ्यास खेलमा क्यान–११ ले मलेसिया–११ लाई १ सय ३५ रनको फराकिलो अन्तरले हराएको थियो। नेपाली टोलीले मलेसिया–११ सँग थप एक अभ्यास खेल खेल्नेछ।

मलेसिया–११ लाई क्यानले ओमान र अमेरिकासँग माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेका २४ नेपाली खेलाडीसँग तीन एक दिवसीय अभ्यास खेलको ब्यवस्था मिलाएको हो।

गणित विषयमा सामुदायिक विद्यालय कमजोर

Previous articleनेपाल र ओमानसँग आइसीसी विश्वकप लिग–२ खेल्न अमेरिकाले घोषणा गर्‍यो टोली
Next articleएनभीए कप महिला भलिबलको सेमिफाइनल समीकरण पूरा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।