नारी दिवसले नछोएकी वनकी रानी

दैलेख । जिल्ला सदरमुकाम, गाउँघरमा नारी दिवस मनाइरहँदा राउटे बस्तीमा नारी दिवसको रापले छोएकै छैन । राउटे महिला दिवसको बारे बेखवर छन् । सरकारी कार्यालय एवं गैरसरकारी संङघ संस्थाले नारी दिवसको बारे जानकारी नगराइ दिँदा ती समुदायकी महिला दिवसको बारे अनविज्ञ भएका हुन् ।

गैरराउटे भन्दा राउटे महिलामा अधिकार पुरुष भन्दा बढी छ । पुरुषले काठको कु–काठ भाडा बनाउने गाउँबाट अन्न ल्याउने हुन्छ । राउटे महिला घरको आन्तरिक व्यवस्थापनका सर्बेसर्बा मानिन्छ । उनीहरुको काम खाना बनाउने तरकारीको जोहो गर्ने घर सफा राख्ने मात्र हो । पुरुषले कोशी,खाट,झुमा बनाएर गाउँघर डुल्ने सिकार गर्ने गर्छन् । तर विधुवा महिलालाई उनीहरुको आफन्तले कोशी सहयोग गरेर खानाको जोहोको लागि गाउँघर डुल्छन् । कोशी बनाउन आउँदैन, आईमाई कोशी बनाउने होइन, यो लोग्नेले मात्र बनाउछन् विधुवा मेरु शाहीले बताइन् ।

नेपालमा ११० औं अन्तराष्ट्रिय महिला दिवस मनाइरहँदा दक्षिण एसियाको एकमात्र भ्रमणशिल समुदायकी ५७ वर्षिया गुमी शाही खानाको जोहो लागि कोशी लिएर गाउँघर डुल्दै थिइन् । सबैतिर अधिकार, महिलामाथि हुने हिंसाका घटनाले आक्रान्त बनेकी महिला अधिकारका लागि भाषण मात्र व्यस्त थिए । तर राउटे महिला बेलुकाको छाक टार्नको लागि अन्न नहुँदा गाउँतिर खानाको जोहो लागि व्यस्त थिइन् । म त राडी हो, कोशी बनाउन आउँदैन भतिजोले बनाई दिएको कोशी लिएर धानको लागि गाउँतिर जान लागेको कहिल्यै नमाझेका पहेँला दाँत देखाउँदै दुखेसो पाखिन् ।

नेपालमा सबै दिवसको बारे राउटे बस्तीमा जानकारी गराई मनाउँदा यो समुदायले केही सिक्न सक्ने ठाटीकाँध गाउँपालिका –६ छत्रबहादुर थापाले बताए ।

राउटे महिलासँग साँचो कुरा बोल्न बन्देज

राउटे समुदायमा महिलालाई साँचो कुरा बोल्न बन्देज गएिको छ । महिलासँग साँचो कुरा बोल्दा कहिलेकाही काम भएन भने दुःख मान्छन् । काम भइसकेपछि मात्र भन्नुपर्छ,राउटे महामुखिया महिनबहादुर शाहीले बताए । सबै कुरा महिलाले नबुझ्ने हुनाले महिलालाई सबै कुरा नभन्नु ।
महिलाले गैरराउटेका पुरुषसँग कुरा त्यति लामोसँग कुरा गर्न रुचाउँदैन । साँचो कुरा महिलासँग बोल्नुहुदैन भन्ने राउटे पुरुषको भनाई छ । राउटे महिलामा जनचेतना जगाई यस्तो अधिकार बारे जानकारी गराए राउटे महिलामा सुधार आउन सक्छ । ‘महिलाको जात हुँदैन, केटाकेटीको बुद्धि हुदैन र रोटीको टाउको नहुने हुँदा महिलासँग साँचो कुरा नभन्नु भन्ने पुर्खाबाट चलिआएकोले हामीले त्यही कुरा मानिरहेका छौं’, अर्का राउटे मुखिया सुर्यनारायण शाहीले खुलासा गरे ।

तर गैरराउटे मनाउँदै आएका जुनसुकै संस्कृति र परम्पराको लागि यो समुदायले बडो ध्यानदिएर सुन्ने हेर्ने गरी मनोरञ्जन लिने गरेको दुल्लू नगरपालिकाका अछाम तुर्माखाँद गाउँपालिकाका धनबहादुर विसीले बताए । उनले भने, ‘बजारमा कसैको विहे भयो, नाचगान भयो भने राउटे महिलाको लर्को लागेर हेर्न आउँछ ।’ ‘आगामी दिनमा राउटे बस्तीमा नारी दिवस मनाउँदा ती महिला केही कुरा सिक्न र बुझ्न सक्ने थिए’,विसीले थपे ।

राउटे बस्तीमा पुरुषले नाच्छन् भने नाचको लागि आवश्यक पर्ने कपडा सिंगार पटार चाहि महिलाको हुन्छ । माघे संक्राति, साउने संक्रातिमा मात्र बस्तीमा राउटे महिला र पुरुषसँग लणी गित गाउँछन् । राउटेले आफुलाई वनका राजा भन्न रुचाउँछन् भने महिलाहरुले वनकी रानी भन्न मन पराउँछन् । यो समुदाय आजभोली सुर्खेतको जंगलमा बसोबास गरिरहेका छन् ।

The post नारी दिवसले नछोएकी वनकी रानी appeared first on Rajdhani Daily News.

भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु; परिवार भन्छन्- लाप’रबाही भयो

Previous articleकोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
Next articleश्रीमती कुटपिट गरेकाे भन्दै पक्राउ परेका युवा हत्कडीसहित भागे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।