Home Uncategorized मिथिला माध्यमा परिक्रमा जनकपुरमा, भोलि सम्पन्न हुँदै

मिथिला माध्यमा परिक्रमा जनकपुरमा, भोलि सम्पन्न हुँदै

मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवं सांस्कृतिक उत्सव मिथिला माध्यमिकी परिक्रमा आज (आइतबार) जनकपुर आइपुगेको छ। फागुन औसींका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट शुरु भएको परिक्रमा आज जनकपुर आइपुगेको हो।

आज जनकपुर आइपुगेका परिक्रमा यात्री तथा श्रद्धालु राति जनकपुरको बाह्रविघामा विश्राम गर्नेछन्। भोलि बिहान जनकपुरको अन्तरगृह परिक्रमा गरेपछि १५ दिवसीय साे उत्सव बिधिवत सम्पन्न हुनेछ।

माध्यमिकी परिक्रमामा भाग नलिनेहरु अन्तरगृह परिक्रमामा अत्यधिक संख्यामा सहभागी हुनेगर्छन। अन्तरगृह परिक्रमामा जनकपुरधामको परिक्रमा गरिन्छ र यसलाई पंचकोशी परिक्रमा पनि भनिन्छ।

Parikarma Janakpur 3

१५ दिनसम्म हुने मिथिला बिहारीको डोलासँगै परिक्रमा गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास छ। परिक्रमामा प्रायः वृद्धवृद्धा बढी सहभागी हुन्छन्।

नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीदेखि भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट समेत हजाराैँ श्रद्धालु भक्तजन तथा साधुसन्त परिक्रमामा सहभागी हुने गर्छन।

मिथिला महात्म्यमा उल्लेख भएअनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारका परिक्रमा छन्। तीमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ।

Parikarma Janakpur 8

फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवात हुने परम्परा छ।

टायर गाडा, साईकल र टाउकोमा आवश्यक समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूँइ खनेर चूल्हो निर्माण गर्नु, खाना पकाउनु, भजन किर्तन लगायतका काम गर्नु परिक्रमावासीहरुको आस्था हो।

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन।

Parikarma Janakpur 7

सोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, धरुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ।

कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेलेपछि औपचारिकरुपमा होलीको शूरुवात भएको मानिन्छ।

त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन।

फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तरगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्छन। परिक्रमामा सहभागी यात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गर्छन।

परिक्रमाका थप तस्बिरहरु:

Parikarma Janakpur 5

Parikarma Janakpur 4

Parikarma Janakpur 2

Parikarma Janakpur 1

नेपालमा ह’त्या गरेर साउदीअरब पुगेका गोबिन्दलाई १७ वर्षमा पक्राउ गरेर नेपाल ल्याईयो

Previous articleप्रहरी जाँच छलेर भाग्न खोज्ने ३ जनालाई गोली हानी पक्राउ
Next articleदुवई र मलेसिया पठाइदिन ११ लाख ठगी गर्ने राधे साह पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।