सप्तरी । आत्महत्याका लागि तयार भएका एक युवकलाई जोगाउन प्रहरी चौकीमा राखिएकोमा उनी त्यहीबाट हतकडीसहित फरार भएका छन् ।
बोदेबर्साइन नगरपालिका ८ निवासी ३० बर्षीय महेश यादव प्रहरी चौकी काचनबाट पिसाब फेर्ने बहानामा शनिबार मध्यरात हतकडीसहित फरार भएका हुन् । शनिबार राति १० बजे तिर अत्यधिक मदिरा सेवन गरी घर आएका यादवको पत्नीसित सोही विषयमा विवाद भएको थियो ।
त्यस क्रममा आवेशमा आई उनी घरमै पासो लगाई आत्महत्याको प्रयास गरेका थिए । सो बारे छरछिमेकले खबर गरेपछि पुगेको प्रहरीले सुरक्षाका लागि उनलाई प्रहरी चौकीको हिरासत कक्षमा राखेका थिए ।
राती २ बजे तिर उनले पिसाब लाग्यो भन्दै गुहारेपछि प्रहरीले हिरासत कक्ष खोलेर उनलाई नजिकै पिसाब गर्न जान दिएका थिए । तर अँध्यारोको फाइदा उठाउँदै उनी भागेका थिए । आइतबार बिहान उनको घरमा पनि खोज तलास गरिएको र फेला नपरेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको तथा हिरासतबाट फरार भएका यादवको ब्यापक रुपमा खोज तलास कार्य सुरु गरिएको प्रहरी निरिक्षक यमलाल बन्जारेले बताए ।
The post आत्महत्याबाट बचाउन हिरासतमा राखिएका थुनुवा हतकडीसहित फरार appeared first on Rajdhani Daily News.
साबिक हाजिपुरको घरजग्गा कारोबार अब खैरहनी मालपोत बाट भरतपुर जाने बाध्यता हट्यो


