कोरोनाः इरानमा एकै दिनमा ७४३ संक्रमित बढे, मृतकको संख्या १९४ पुग्यो

0
73

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले २४ घण्टामा ४९ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गर्दै हालसम्म मृतकको संख्या १ सय ९४ पुगेको बताए।

कोरोनाको संक्रमण बढ्दै जाँदा मृतकको संख्या पनि बढ्दै गएको हो। हाल इरानमा कोरोनाबाट ६ हजार ५ सय ६६ संक्रमित बनेका छन्। त्यहाँ एकै दिनमा ७४३ संक्रमित बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्वभरको तथ्यांक हेर्दा हालसम्म १ लाख ५ हजार ८०४ कोरोनाबाट संक्रमित छन् ३ हजार ६४८ को ज्यान गइसकेको छ।

चीनमा मात्र ८० हजार ६९५ संक्रमित छन्। त्यहाँ ३ हजार ९७ को मृत्यु भइसकेको छ। यस्तै कोरोनाको उपचारपछि ५८ हजार ५६८ जना निको भएको बताइएको छ।

त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

Previous articleदोलखाका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा
Next articleज्यानमारा बन्दै कञ्चनपुरका सडक, ८ महिनामा ५४ दुर्घटना, २१ को मृत्यु