Home Uncategorized कोरोनाः इरानमा एकै दिनमा ७४३ संक्रमित बढे, मृतकको संख्या १९४ पुग्यो

कोरोनाः इरानमा एकै दिनमा ७४३ संक्रमित बढे, मृतकको संख्या १९४ पुग्यो

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले २४ घण्टामा ४९ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गर्दै हालसम्म मृतकको संख्या १ सय ९४ पुगेको बताए।

कोरोनाको संक्रमण बढ्दै जाँदा मृतकको संख्या पनि बढ्दै गएको हो। हाल इरानमा कोरोनाबाट ६ हजार ५ सय ६६ संक्रमित बनेका छन्। त्यहाँ एकै दिनमा ७४३ संक्रमित बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्वभरको तथ्यांक हेर्दा हालसम्म १ लाख ५ हजार ८०४ कोरोनाबाट संक्रमित छन् ३ हजार ६४८ को ज्यान गइसकेको छ।

चीनमा मात्र ८० हजार ६९५ संक्रमित छन्। त्यहाँ ३ हजार ९७ को मृत्यु भइसकेको छ। यस्तै कोरोनाको उपचारपछि ५८ हजार ५६८ जना निको भएको बताइएको छ।

त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

Previous articleकोरोनाको त्रास : मंगलबारको उपबास र महंगीले उडायो होलीको उल्लास
Next articleज्यानमारा बन्दै कञ्चनपुरका सडक, ८ महिनामा ५४ दुर्घटना, २१ को मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।