दक्षिण अफ्रिकामा अज्ञात व्यक्तिद्वारा गोली चलाउँदा छको मृत्यु, सात घाइते

दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना सख्त घाइते भएका बताइएको छ ।

“खाउलित्सा नगरमा गोली चल्दा छ जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्,” प्रहरी प्रवक्ता नोभेला पोटेल्वाले बताउनुभयो । गोली हान्ने व्यक्ति आक्रमणपछि भागेको र उसको परिचय खुलिनसकेको उहाँले बताउनुभयो । घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

घाइतेमध्ये एक छ वर्षकी बालिका रहेकी छन् । घटनापछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणका लागि पिछा गरे पनि उ उम्कन सफल भएको बताइएको छ । घटनाको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन ।

The post दक्षिण अफ्रिकामा अज्ञात व्यक्तिद्वारा गोली चलाउँदा छको मृत्यु, सात घाइते appeared first on Rajdhani Daily News.

करोडौं जनताको भावना विपरित संसद बाट एमसिसी पास

Previous articleकोरोनाको त्रासपछि चीनमा अपनाइयो अनौठो कपाल काट्ने तरिका
Next articleहुलाकी सडकको काम गुणस्तरहीन : प्रभु साह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।