कर्णबहादुरको उपचारका लागि अमेरिकाबाट एक लाख २६ हजार सहयोग

Click Image

२८ फागुन, काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुले कर्णबहादुर बाँठामगरको उपचारका लागि एक लाख २६ हजार सहयोग गरेका छन् ।

विभिन्न रोगले थलिएका कर्णबहादुरको उपचारमा गर्ने उद्देश्यले अमेरिकाको टेक्सासमा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको एक लाख २६ हजार ९८५ रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ ।

माडी गाउँपालिका-६ रोल्पा (साविक कोर्चावाङ) निवासी ४७ वर्षीय कर्णबहादुर बाँठामगर विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगञ्जमा मिर्गौला, पत्थरी, जण्डिस रोगको उपचार गराइरहेका छन् ।

पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए । साथै कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिति कमजोर भएका कारण उपचारमा सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

अमेरिकामा संकलन भएको रकम पत्रकार देविका घर्ती मगरमार्फत काठमाडौंमा हस्तान्तरण गरिएको हो ।

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य

Previous articleआज २०७६ साल फाल्गुन महिनाको २८ गते बुधवार, आजको तपाइको दिन कस्तो छ ? (राशिफल)
Next articleबाँकेको कोहलपुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।