Home Uncategorized माईक्रो–अटो ठोकिदा एकको मृ’त्यु, आफन्तद्वारा सडक अबरुद्ध

माईक्रो–अटो ठोकिदा एकको मृ’त्यु, आफन्तद्वारा सडक अबरुद्ध

नेपालगन्ज ।बाँकेको कोहलपुर क्षेत्रमा बितेका दुई दिनमा भएका छुट्टछुट्टै सडक दुर्घटनामा परेर दुईजनाले ज्यान गुमाएपछि स्थानीय आक्रोशित हुँदै यातायात ठप्प पारेका छन् ।
बिहीबार बिहान ८ बजे नगर बस र अटो कोहलपुर चौक नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि एकापसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुको साथै तीन जना गम्भीर घाइते भएका छन् ।

भे १ ख २१२९ नम्बरको नगर बस र भे १ ह १६५३ नम्बरको अटो ठोक्किँदा बैजनाथ गाउँपालिका–२ बस्ने ४० वर्षिय अटो चालक जयबहादुर रोकाकोे उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
अटोमै सवार जुम्लाका २४ वर्षिय मदन शाही र बैजनाथ गाँउपालिका १ चिसापानीका २१ वर्षिय सुजन शाही र पहिचान खुल्न नसकेको अन्दाजी वर्ष २९–३० को पुरुष गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भीर छ ।
घाइते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहपुरमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
सो दुर्घटना ग्रस्तमा नगरबसमा सवार ११ जना यात्रु समेत घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको छ । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसैबीच मृतक रोकाका आफन्त तथा परिवारजनले पीडिकलाई कारबाहीको माग गर्दै दिनभरी कोहलपुर चौकमा धर्ना दिए पनि आफुहरुको कुरा सुनवाई नभएको भन्दै रत्नराजमार्गको च्यामामा सडक अबरुद्ध गरेर धर्ना दिएका छन् । उनीहरुको धर्नाको कारण कोहलपुर–सुर्खेत सडकखण्ड आवागमन ठप्प छ ।
यसैगरी बुधबार टिप्परले साईकल यात्रीलाई ठक्कर दिएपछि कोहलपुर ९ को स्थानीय रामपति थारुको निधन भएको थियो ।
बुधबारको सहमति कार्यान्वयन नभएको भन्दै कोहलपुरको झण्डहवा चोकमा स्थानीय तथा मृतकका आफन्तले ठाउँठाउँमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

नेपाल एयरलाइन्सले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियाद उडान गर्दै

Previous articleकुस्तीका खेलाडीलाई डेढ लाख पुरस्कारसहित सम्मान
Next articleकाेराेना भाइरसको प्रकोप : भारतमा पहिलाे व्यक्तिकाे ज्या’न गयाे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।