चीनलाई ईटालीले उछिन्यो, कोरोनाबाट ज्या’न गुमाउनेको संख्या १० हजार

एजेन्सी, ७ चैत्र । विश्वमा कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ३३ पुगेको छ ।

जागीरको खोजीमा हुनुहुन्छ ? यँहा क्लिक गर्नुहोस !!

अहिलेसम्म विश्वभर २ लाख ४४ हजार ९७३ कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएकामध्ये ८७ हजार ४०८ उपचारपछि घर फर्किएका छन् भने उपचार गराइरहेका ७ हजार ५१६ जनाको अवस्था गम्भीर छ ।

चीनमा भन्दा इटालीमा बढी मृत्यु

अहिले काेराेना भाइरसकाे कारण इटालीमा चीनमा भन्दा पनि बढीकाे मृत्यु भएकाे छ । वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार अहिले इटालीमा काेराेना भाइरसकाे कारण ज्यान गुमाउनेकाे संख्या ३ हजार ४०५ पुगेकाे छ भने चीनमा ३ हजार २४५ रहेकाे छ ।

पछिल्लाे २४ घण्टामै इटालीमा ४२७ जनाकाे मृत्यु भएकाे छ भने ५ हजार ३२२ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट ४ सयभन्दा बढीको मृत्यु हुने गरेको छ । बुधबार पनि इटाली ४७५ को मृत्यु भएको थियाे भने ४ हजार २७० जना नयाँ संक्रमित भेटिएका थिए ।

चीनमा भने मृत्युदर निकै कम भएर गएको छ । बुधबार चीनमा ८ जनाकाे मात्रै मृत्यु भएकाे थियाे भने १३९ जना नयाँ सक्रमित भटिएका थिए ।

हालसम्म इटालीमा ४१ हजारभन्दा बढीलाई कोरोनाको संक्रमण भएको छ । तीमध्ये ४ हजार ४४० जना निको भएका छन् । ३३ हजार १९० जनामा कोरोना संक्रमित छन् । तीमध्ये २ हजार २५७ जनामा गम्भीर अवस्थामा रहेका छन् ।

काेरनाेकाे उद्गम स्थल चीनमा भने हालसम्म ८० हजार ९२८ संक्रमित भए पनि अहिले ७ हजार २२६ जना मात्रै कोरोना संक्रमित बाँकी छन् । ७० हजार ४२० जना भने पूर्ण रुपमा निको भइसकेका छन् ।

कोरोना भाइरसको बढी मृत्यु र संक्रमण भएको देशको तेस्रो नम्बरमा इरान र चौथो नम्बरमा स्पेन पर्छ । अहिलेसम्म इरानमा १ हजार २८४ मृत्यु भएको छ भने १८ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म ८३१ को मृत्यु भएको भने १८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वको १६५ भन्दा बढी देशमा फैलिएको छ ।

एसइईका केही प्रश्न पत्रमा शिक्षकको गुनासो : परीक्षामा देखिएको समस्या समाधान हुने शिक्षा मन्त्रीको भनाइ

Previous articleआज २०७६ साल चैत ०७ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)
Next articleभर्खरै प्रधानमन्त्रीले देशबासीको नाममा गर्नुभएको सम्बोधनको पूर्ण पाठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।